
प्रधानमन्त्री शेरबहादुर देउवासंग यूरोपेली संघका सांसद निना गिल सहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, २२ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सांसदका टोलीले आज भेटवार्ता गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ भएको भेटमा नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।
भेटका क्रममा टोलीका सांसदहरुले नेपालमा निर्वाचन सफलरुपमा सम्पन्न गराएकामा प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए ।
प्रधानमन्त्री देउवाले इयुको टोलीले गरेको निर्वाचन पर्यवेक्षणका लागि धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । सांसद निना गिल सहितको टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो