
रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका १० हजार ४३४ मतले विजयी । तस्बिर – लोकेन्द्र खनाल, रुकुम, रासस
बेसीशहर, लमजुङ, २२ मंसिर – हिमालपारिको जिल्ला भनिने मनाङमा प्रतिनिधिसभामा नेकपा (एमाले) र प्रदेशसभामा नेपाली काँग्रेस र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा नेकपा (एमाले)का उम्मेदवार पोल्देन छेपाङ गुरुङ निर्वाचित हुनुभएको छ । नेका मनाङका सभापति एवं पूर्वराज्यमन्त्रीसमेत रहनुभएका नेका उम्मेदवार टेकबहादुर गुरुङलाई २८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित हुनुभएको हो ।
विजयी पोल्देन छोपाङले दुई हजार ३०० मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी टेकबहादुरले दुई हजार २१ मत पाउनुभएको छ ।
खसेको मतमध्ये चार हजार ३२१ मत सदर भयो भने १६ मत बदर भएको छ । नेपालमै सबैभन्दा कम मतदाता रहेको मनाङमा चार हजार ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ पाँच हजार ८८१ मतदाता छन् ।
प्रदेशसभा (क) मा काँग्रेस र (ख) मा स्वतन्त्रका मनाङ्गे
प्रदेशसभाका सदस्यका लागि नेपाली काँग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । काँग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेशसभा (क)बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । विजयी घलेले ९९८ मत प्राप्त गर्नुभएको हो ।
एमालेका धोर्जे डण्डुल गुरुङले ८९६ मत प्राप्त गर्नुभएको छ । मनाङ (क)मा दुई हजार १७९ मतदाता रहेकामा एक हजार ९०१ खसेको थियो ।
प्रदेश सभा (ख)मा दीपक मनाङ्गे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले एक हजार ४१० मत पाउनुभएको छ भने प्रतिद्वन्द्वी नेकाका कर्म गुरुङ ३९० मतले पराजित हुनुभएको छ । उहाँले एक हजार २० मत प्राप्त गर्नुभएको छ ।
एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाउनुभएको थियो ।
जिल्लाबाट एमालेले मनाङ्गेलाई सर्वसम्मत सिफारिश गरेपनि सर्वत्र विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उहाँको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।
रुकुम, २२ मंसिर – रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका विजयी हुनुभएको छ । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी हुनुभएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
पूर्वयुवा तथा खेलकुद मन्त्रीसमेत रहनुभएकी रोका माओवादी केन्द्रका उम्मेदवारमध्ये पहिलो विजेता बन्नुभएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभाका दुवै क्षेत्रमा पनि माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
रुकुम, २२ मंसिर – रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । प्रदेशसभा क्षेत्र नं (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओली विजयी हुनुभएको हो ।
विजयी ओलीले पाँच हजार ४२७ मत प्राप्त गर्दा पुनले दुई हजार १४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिनुभयो ।
यस्तै, प्रदेशसभा क्षेत्र नं (ख)मा पनि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । आफ्ना प्रतिस्पर्धी नेकाका दत्तबहादुर बस्नेतलाई दुई हजार ७०५ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती विजयी हुनुभएको उहाँले बताउनुभयो ।
विजयी घर्तीले पाँच हजार ८१६ मत प्राप्त गर्दा बस्नेतले तीन हजार १११ मत प्राप्त गर्नुभएको थियो । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएपछि अब समानुपातिक तर्फको मतगणना शुरु गरिएको छ ।
यसअघि, यहाँबाट प्रतिनिधिसभा सदस्यमा बाम उम्मेदवार कमला रोका विजयी भइसक्नुभएको छ ।
पोखरा, २२ मंसिर – पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लामा नेकपा (एमाले) विजयी भएको छ ।
मुस्ताङको प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन तीन हजार ५४४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रोमी गौचन थकालीले तीन हजार २८१ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिनुभयो ।
त्यस्तै, प्रदेशसभा १ (क)मा एमालेका इन्द्रधारा विष्ट एक हजार १६७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी छिरिङधावा गुरुङले ६५७ मत ल्याउनुभएको थियो ।
यसैगरी, प्रदेशसभा १ (ख)मा एमालेकै महेन्द्रबहादुर थकालीले दुई हजार ५८४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका छिरिङ गुरुङले दुई हजार २५९ मत प्राप्त गर्नुभएको थियो ।
नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७१४ मत खसेको थियो ।
दुनै, डोल्पा, २२ मंसिर – बिहीबार राति ९.३० बजेबाट शुरु भएको प्रदेशसभा क्षेत्र नं १ (क) को मतगणना सम्पन्न भएको छ ।
वाम गठबन्धनबाट उम्मेदवार एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याएर पराजय हुनुभएको छ ।
उक्त निर्वाचन क्षेत्रमा जम्मा मतादाता आठ हजार २४३ मध्ये कुल खसेको छ हजार ७८६ मतमा छ हजार ७०३ मत सदर भएकोमा ८५ बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
बाबियाचौर, म्याग्दी, २२ मंसिर – म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र क बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गर्नुभएको हो ।
केसीले १४ हजार ७०४ र उहाँका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापतिसमेत भइसक्नु भएका ७७ वर्षीय गौचनलाई पराजित गर्दै केसी प्रदेश नं ४ मा सम्भवत् कम उमेरको सांसद बन्नुभएको छ । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र क मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो ।
यसैगरी प्रदेशसभासदस्यमा क्षेत्र ख बाट एमालेकी नरदेवी पुन दश हजार ८६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिनिधिसभाको मतगणना पनि अन्तिमचरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्यको मत गणामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ ।
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गर्नुभएको हो ।
दोस्रो संविधानसभामा समानुपातिक सभासद्का साथै राज्यमन्त्री पनि बन्नुभएकी एमालेकी पुनले १० हजार ८६८ र काँग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालालले जानकारी दिनुभयो ।
बाजुरा, २२ मंसिर – बाजुरा प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) जिल्ला कमिटी सचिव बलदेव रेग्मीले नौ हजार ८४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो ।
वाम गठबन्धनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जनकराज गिरीले आठ हजार ३११ मत ल्याउनुभएको थियो । बलदेव रेग्मीले एक हजार ५२९ मतले काँग्रेस गिरीलाई पराजित गरेका हुन् । प्रदेश सभाको लागि निर्वाचन क्षेत्र २ भए पनि प्रतिनिधिसभामा भने एक निर्वाचन क्षेत्र रहेको छ ।
प्रदेशसभा २ मा नेपाली काँग्रेसका पदमबहादुर शाही र वाम गठबन्धनका प्रकाशबहादुर शाहको कडा प्रतिस्पर्धा भइरहेको पाइएको छ । प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका उम्मेदवार कविराज पण्डितले १० हजार ६३५ मत प्राप्त गर्नुभएको छ भने वाम गठबन्धनका लालबहादुर थापाले १० हजार ७६१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
शनिबारसम्म मतगणनासकिने निर्वाचन कार्यालयको भनाइ रहेको छ । बाजुरामा प्रदेशसभा १ मा १८ हजार ९९६ मत खसेको थियो भने प्रदेशसभा २ मा ३३ हजार ९९४ मत गरी जम्मा ५२ हजार ९४५ मत खसेको निर्वाचन कार्यालय बाजुराले बताएको छ । बाजुरामा यो वर्ष ६९ हजार ८३४ मतदाता रहेको थियो ।
हुम्ला, २२ मंसिर – जिल्लामा प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल सात हजार १५८ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गर्नुभयो । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
हुम्ला, २२ मंसिर – जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी हुनुभएको छ ।
लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गर्नु भएको छ ।
यस्तै, प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गर्नुभयो । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मुगु, २२ मंसिर – मुगुको प्रतिनिधिसभातर्फ वाम गठबन्धनका गोपालबहादुर बम १३ हजार ३४ मतका साथ विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हस्तबहादुर मल्लले नौ हजार ८६१ मत प्राप्त गर्नुभयो । त्यस्तै नयाँ शक्ति पार्टीका राजबहादुर भामले ९९ मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसँगै अहिले प्रदेशतर्फको मतगणना शुरु भएको छ ।
जुम्ला, २२ मंसिर – जुम्ला प्रदेश क्षेत्र नं (ख) मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी हुनुभएको छ ।
नेकपा (एमाले) बाट उम्मेदवारी दिनुभएका रोकायाले १० हजार ४५८ र उहाँका निकटतम प्रत्याशी नेपाली काँग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याउनुभएको छ । रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा काँग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित हुनुभएको थियो ।
सत्ताइस हजार ३४४ मत रहेको सो क्षेत्रमा १७ हजार ८२७ मत खसेको थियो । खसेको कूल मतमा ५४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिनुभयो । विसं २०१० असार १० गते साविकको पाण्डवगुफा ४ सिंजा जुम्लामा जन्मनुभएका रोकायाले जुम्ला बहुमुखी क्याम्पस जुम्लाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ ।
विसं २०३८ देखि नेकपा (माले) बाट राजनीतिक जीवन शुरुवात गर्नुभएका उहाँ हाल एमालेको राष्ट्रिय हित सुरक्षा प्रबन्धक विभागको सदस्य हुनुहुन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा