लन्डन । अल्डरसटस्थित निरमाया रोधीघरमा शनिबार राती एक नेपाली निर्घात कुटिएका छन् । स्थानीय प्रहरीका अनुसार, ४२ वर्षीय एक नेपाली पुरुषलाई तीनजना नेपालीले गम्भीर रुपमा कुटेका हुन् । २ डिसेम्बर राती करिब १.१० देखि १. ३० बजेको समयमा वादविवाद बढ्दै जांदा ति व्यक्तिलाई तीनजनाको समूहले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटपछि ति पुरुषको टाउको र मुखमा चोटपटक लागेर उनलाई स्थानीय फ्रिम्ली पार्क हस्पिटलमा उपचारार्थ लगिएको प्रहरीको भनाइ छ । ति पीडित अस्पतालमा उपचार गरि भोलिपल्ट बिहान फर्किएका छन् ।
पिट्ने नेपालीमध्ये दुई जना अन्दाजी २५ देखि ३० वर्ष उमेर रहेका र अर्को एक जना अन्दाजी ४० को हाराहारीमा रहेको जनाउंदै प्रहरीले घट्नाका प्रत्यक्षदर्शी कोही भए प्रहरीलाई खबर गरिदिन अपिल गरेको छ । प्रहरी सार्जेन्ट स्टिभ जोन्सले घट्नाका प्रत्यक्षदर्शीसंग कुराकानी गर्न आफूहरुले चाहिरहेको बताउंदै भनेका छन्, ‘घट्नाको बेला रेष्टुरेन्ट अति व्यस्त रहेछ । हामी त्यो घट्नालाई प्रत्यक्ष देख्ने वा संलग्न हुनेहरुबारे जानकारी भए अगाडि आएर बताइदिन आग्रह गर्दछौं ।’
प्रहरीले घट्नाबारे जानकारी भए निम्न फोन नम्बरमा खबर गरिदिन आग्रह गरेको छ ।
Anyone with information is asked to contact police on 101, quoting 44170468182, or call the charity Crimestoppers anonymously on 0800 555 111.
नेपालीहरुको बाक्लो बसोवास रहेको अल्डरसट क्षेत्रमा यस्ता घट्ना अचेल नियमित जसो हुने गरेको स्थानीय बताउंछन् । ‘नेपाली युवाहरु संलग्न कार्यक्रममा झगडा भएन भने त त्यो इभेन्ट नै असफल भए सरह हुन्छ’, एक नेपाली व्यंग्य गर्छन् ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित