लन्डन । अल्डरसटस्थित निरमाया रोधीघरमा शनिबार राती एक नेपाली निर्घात कुटिएका छन् । स्थानीय प्रहरीका अनुसार, ४२ वर्षीय एक नेपाली पुरुषलाई तीनजना नेपालीले गम्भीर रुपमा कुटेका हुन् । २ डिसेम्बर राती करिब १.१० देखि १. ३० बजेको समयमा वादविवाद बढ्दै जांदा ति व्यक्तिलाई तीनजनाको समूहले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटपछि ति पुरुषको टाउको र मुखमा चोटपटक लागेर उनलाई स्थानीय फ्रिम्ली पार्क हस्पिटलमा उपचारार्थ लगिएको प्रहरीको भनाइ छ । ति पीडित अस्पतालमा उपचार गरि भोलिपल्ट बिहान फर्किएका छन् ।
पिट्ने नेपालीमध्ये दुई जना अन्दाजी २५ देखि ३० वर्ष उमेर रहेका र अर्को एक जना अन्दाजी ४० को हाराहारीमा रहेको जनाउंदै प्रहरीले घट्नाका प्रत्यक्षदर्शी कोही भए प्रहरीलाई खबर गरिदिन अपिल गरेको छ । प्रहरी सार्जेन्ट स्टिभ जोन्सले घट्नाका प्रत्यक्षदर्शीसंग कुराकानी गर्न आफूहरुले चाहिरहेको बताउंदै भनेका छन्, ‘घट्नाको बेला रेष्टुरेन्ट अति व्यस्त रहेछ । हामी त्यो घट्नालाई प्रत्यक्ष देख्ने वा संलग्न हुनेहरुबारे जानकारी भए अगाडि आएर बताइदिन आग्रह गर्दछौं ।’
प्रहरीले घट्नाबारे जानकारी भए निम्न फोन नम्बरमा खबर गरिदिन आग्रह गरेको छ ।
Anyone with information is asked to contact police on 101, quoting 44170468182, or call the charity Crimestoppers anonymously on 0800 555 111.
नेपालीहरुको बाक्लो बसोवास रहेको अल्डरसट क्षेत्रमा यस्ता घट्ना अचेल नियमित जसो हुने गरेको स्थानीय बताउंछन् । ‘नेपाली युवाहरु संलग्न कार्यक्रममा झगडा भएन भने त त्यो इभेन्ट नै असफल भए सरह हुन्छ’, एक नेपाली व्यंग्य गर्छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा