
काठमाडौँ, १५ मंसिर – नेपाली काँग्रेसले निर्वाचनपछि मुलुकलाई विकासको बाटामा अगाडि लैजान सामाजिक एवं आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको छ ।
काँग्रेसले आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी मुलुकलाई पाँच वर्षमा सम्पन्न मुलुक निर्माण गर्न सामाजिक तथा आर्थिक विकासको मार्गचित्र निर्माण गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा काँग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले विसं २०४८ मा काँग्रेस सरकारले लिएको उदारीकरण र खुला बजार अर्थनीतिका कारण आर्थिक–सामाजिक क्षेत्रमा व्यापक सुधार आएको भन्दै त्यहीअनुसार पार्टीले आगामी पाँच वर्षको आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको जानकारी दिनुभयो । ‘काँग्रेस उदारीकरण, खुला बजार अर्थतन्त्र र विश्वव्यापीकरणको आर्थिक नीतिमा विश्वास गर्ने पार्टी हो’, उहाँले भन्नुभयो ।
संयोजक चौधरीले आगामी पाँच वर्षमा दुई अंकले आर्थिक वृद्धिदर हासिल गर्ने, आन्तरिक र बाह्य लगानी आकर्षण गर्ने, विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणा कार्यान्वयनमा ल्याउने र उद्योग स्थापनाको समयमा लगानीकर्तालाई नगद प्रोत्साहन दिने अवधारणा अगाडि सारेको बताउनुभयो ।
यस्तै पिछडिएको प्रदेशमा विशेष आर्थिक क्षेत्र घोषणा गर्ने, विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाउन कानूनमा सुधार ल्याउने, पर्यटकीय पूर्वाधारमा सुधार ल्याउने, बाह्य पर्यटक धेरैभन्दा धेरै भित्र्याउनका लागि अन्तर्राष्ट्रिय विमानस्थललाई बढाउने लगायत कुरा समेटिएका छन् ।
यसैगरी सम्पदाको संरक्षण, कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाइने, द्रुत मार्गको काम चाँडो सम्पन्न गरिने, व्यवस्थित शहरीकरण, राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र सञ्चालन गर्नेलगायत छन् । मार्गचित्रमा विसं २०४८ देखि हालसम्म शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, उद्योगलगायत क्षेत्रमा भएको सुधारलाई समावेश गरिएको छ ।
सम्मेलनमा पार्टीको प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले काँग्रेसले पहिलो चरणमा बहुमत स्थानमा जित्ने र दोस्रो चरणमा पनि अग्रस्थानमा आउने जिकिर गर्नुभयो ।
उहाँले काँग्रेसका पक्षमा जनमत अझ राम्रो भएको बताउँदै भन्नुभयो, ‘पहिलो चरणको निर्वाचनमा सहभागी भएका नेता पनि यो चरणमा परिचालित हुनुभएको छ र केन्द्रीय प्रतिनिधि पनि खटिनुभएको छ, यसले नेपाली काँग्रेसको पक्षमा राम्रो माहोल बनाएको छ ।’
संयोजक खाँणले नेपालजस्तो धार्मिक, सांस्कृतिक, भौगोलिक, जातीय, जैविक विविधतालाई नेपाली काँग्रेसले आन्तरिक जीवनमा पनि समाहित गरेको र वामपन्थीले उपयोग मात्र गरेको जिकिर गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने