
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा झापाको गौरादहमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै । तस्वीर – यज्ञराज आङदेम्बे -रासस
दमक, ११ मंसिर – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने विचार व्यक्त गर्नुभएको छ ।
झापाको गौरादहमा आज काँग्रेस क्षेत्रीय समितिले स्थानीय गौरादह बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)ले सत्तास्वार्थ र लोकतन्त्र र संविधान समाप्त गर्ने उद्देश्यले वाम गठबन्धन गरेर मुलुकलाई विभाजनतर्फ उन्मुख गराएको आरोप लगाउनुभयो ।
उहाँले लोकतन्त्रविना मुलकले समृद्धि नपाउने भएकाले जनताले लोकतन्त्रका पक्षधरलाई जिताउने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘वाम गठबन्धन अप्राकृतिक छ, यसले देशलाई थप अस्थिरतातर्फ धकेल्नेछ ।’ नेता देउवाले झापाली जनतालाई लोकतन्त्रका पक्षमा अभिमत दिन आह्वानसमेत गर्नुभयो ।
सो सभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनलाई अनिष्टको संज्ञा दिँदै त्यसको औचित्य नभएको टिप्पणी गर्नुभयो । नेता पौडेलले नेपाली जनतालाई झुक्याएर साम्यवादको सपना नदेख्न चेतावनी दिँदै भन्नुभयो, ‘जनता अधिनायकवाद रोज्दैनन्, यसलाई चुनावमार्फत जनताले परास्त गर्छन् ।’
सभामा काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे, काँग्रेसबाट झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा खगेन्द्रपाण्डव अधिकारी, प्रदेशसभाका उम्मेदवारद्वय अनिलकृष्ण प्रसाईं र राजनकुमार ढुंगाना, काँग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय सदस्य पदम पौडेल, काँग्रेस गौरादह नगर सभापति यादवराज सेढाईं, महासमिति सदस्य फूलवती राजवंशी, नेता सुरेश सुब्बा, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, राप्रपाका केन्द्रीय सदस्य दिलीप राई, भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारतेन्दु मल्लिकलगायतले लोकतन्त्र र मुलुकको समृद्धिका लागि काँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।
सो अवसरमा गौरादह नगरप्रमुख रोहित शाहले गौरादहको पर्यटकीयस्थलका रुपमा परिचित माछापोखरीको विकासका निम्ति सरकारबाट सहयोगका लागि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै भुटानी शरणार्थीका अग्रज डा भम्पा राईसहितको प्रतिनिधिमण्डलले भुटानी शरणार्थीको स्वदेश फिर्तीमा सहयोग पुरयाइदिन मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने