काठमाडौँ, ९ मंसिर (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गर्नुभएको छ ।
पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख गर्नुभएको छ ।
राष्ट्रपतिले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ ।
देउवाले आज विज्ञप्तिमार्फत मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन नेपाली नागरिकलाई आह्वान गर्नुभएको हो । ‘सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु’ विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबैभन्दा ठूलो यस उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सबैमा अनुरोध गर्नुभएको छ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम संघीय संसद् र प्रादेशिक संसद्का लागि आइतबार ३२ जिल्लामा प्रथम चरणको निर्वाचन हुदैछ ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची