
वाम गठवन्धनद्वारा शनिबार पोखराको अमरसिंहचौरमा आयोजित विशाल आमसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापालगायत नेताहरु । तस्बिर – निमदत्त सुवेदी, पोखरा, रासस
पोखरा, ९ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने बताउनुभएको छ ।
संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्वारा आज पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले शान्ति, राजनीतिक स्थिरता र देशलाई आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउन दुई पार्टीबीच पार्टी एकता गर्न लागिएको स्पष्ट पार्नुभयो ।
दुई पार्टीबीचको चुनावी तालमेलले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने र नेपाली काँग्रेस नेतृत्वको सरकार हटेर पुस महिनादेखि वामपन्थीहरुको बहुमतको सरकार बन्ने दाबी ओलीले गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म आफू प्रधानमन्त्री हुँदा बूढाबूढीको वृद्ध भत्ता रु एक हजारबाट बढाएर रु दुई हजार बनाइदिएको थिएँ, अब रु दुई हजारबाट बढेर वृद्ध भत्ता रु पाँच–पाँच हजार पुरयाइन्छ ।’
पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सरकारले संविधान कार्यान्वयनमा विशेष महत्व राख्ने बताउँदै संविधान कार्यान्वयनपछि देशमा तीव्र गतिमा विकास र निर्माणका कार्य अघि बढ्ने धारणा राख्नुभयो । उहाँले वामपन्थीहरुको बहुमतको सरकार बनेपछि केरुङ–काठमाडौँ–पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग पुरयाउने काम अगाडि बढाइने विचार व्यक्त गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता रामबहादुर थापाले एमाले–माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताको सन्देशले वामपन्थी विरोधी शक्तिमा ठूलो तरङ्ग ल्याएको बताउनुभयो ।
कम्युनिस्टहरुको जनमत दुईतिहाइ भए पनि एकापसमा टुटफुट र विभाजनले आजसम्म गैरवामपन्थीहरुले फाइदा उठाएको उल्लेख गर्दै उहाँले चुनावपछि दुईतिहाइ वामपन्थीको मतले देशमा स्थिरता र गरिबी उन्मूलन हुने विचार व्यक्त गर्नुभयो ।
संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिका संयोजक बखानसिंह गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारी, उपसंयोजक प्रभा कोइरालाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेलाई पार्टी अध्यक्ष ओलीले टीका लगाई स्वागत गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा