फिफा बरियतामा नेपाल छ स्थान माथि

काठमाडौँ, ७ मंसिर – विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ ।

नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औं स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५ औं स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ ।

यस्तै माल्दिभ्स एक स्थान तल झरेर १५७ औं स्थानमा पुगेको छ । भुटान पाँच स्थान सुधार गर्दै १८५औं स्थानमा उक्लेको छ भने चार स्थान सुधार गरेको बंगलादेश १९२औं स्थानमा छ । त्यसैगरी दुई स्थान गुमाएको श्रीलंका २००औं स्थानमा छ ।

विश्व बरियतामा जर्मनी पहिलो ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन् ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री