
ब्रसेल्स, बेल्जियम, ७ मङसिर – यूरोपमा यो नोभेम्बरमा व्यापारिक गतिविधिमा व्यापक वृद्धि भएको एक महत्वपूर्ण सर्वेक्षणको बिहीबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । विगत १७ बर्षलाई हेर्दा यस बर्ष यहाँको रोजगारीका अवसर सिर्जना दरमा एकदमै छिटो रफ्तारमा सुधार देखिएको र यसले यूरोप क्षेत्रको अर्थतन्त्रलाई ह्वात्तै बढाएको अध्ययनले देखाएको छ ।
विश्लेषकहरू भन्छन्, ‘तथ्याङ्क अनुगमनकारी निकाय आइएचएस मार्किटले गरेको सर्वेक्षण प्रतिवेदन अनुसार यूरोपको अर्थतन्त्रले बेलायतको यूरोपबाट हुने बहिर्गमनलाई सामना गर्नसक्ने तथा अर्थतन्त्रका लागि उत्कृष्ट बर्ष हुने देखिएको छ ।’ ‘यूरोप क्षेत्रको क्रयशक्ति निर्धारण सूचकाङ्कले दिएको सन्देश प्रष्ट छ कि यहाँको व्यवसाय फस्टाउँदो अवस्थामा छ,’ आइएचएस मार्किटका क्रिस विलियमसनले भन्नुभयो ।
विलियमसनले थप्नुभयो, ‘यूरोपमा अर्थतन्त्रमा देखिएको सुधारसँगै रोजगारीका अवसर अत्यधिक तीव्र दरमा सिर्जना भएका छन् त्यसैले व्यवसायिक कम्पनीहरूले माग अनुसारको उत्पादन गर्न सक्षम बन्ने प्रयास गर्दैछन् ।’
मार्किटले तयार पारेको क्रयशक्ति निर्धारण सूचकाङ्क अक्टोबरमा ५६ रहेकोमा नोभेम्बरमा ५७.५ प्रतिशत पुगेको छ, प्रतिवेदन तयार गर्न सम्लग्न रहेको समूहको दावी छ । सूचकाङ्क ५० भन्दा बढी हुनुलाई सकारात्मक मानिन्छ ।
सन् २०११ को मे पछि फ्रान्सको प्रगति उच्च दरमा रहेको पाइएको छ । यसलाई अनुमानभन्दा माथि बताइएको छ र फ्रान्सले जर्मनीलाई यो बर्षसँगै पाँच पर्षमा चौँथो पटक उछिन्न सफल देखिएको छ ।
बेरोजगार दरमा कमी आउनु र पछिल्लो समय देखिएको स्वच्छ आर्थिक वृद्धि हेर्दा यूरोपेली केन्द्रीय वैंकले अक्टोवरमा धितो–पत्रलाई आधा बेच्ने भनी गरेको निर्णयलाई पनि पुष्टी गरिदिएको छ । तर, विलियमसनले भने अझै सङ्कट आउनसक्ने भनी चेतावनी दिनुभएको छ । यद्यपि उहाँले यूरोपको सवैभन्दा ठूलो अर्थतन्त्र मानिने जर्मनीको राजनीतिक समस्यालाई महत्वकासाथ प्रस्तुत गर्नुभएको छैन ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै