काठमाडौँ, ६ मंसिर – वाम गठबन्धनका काठमाडौँका उम्मेदवारले आफ्नो चुनावी प्रचारका लागि अधिकांश स्थानमा घरदैलो कार्यक्रम सकाएका छन् ।
पार्टी एकताको उद्घोषसहित चुनावी तालमेलमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले हालसम्म १० वटै निर्वाचन क्षेत्रमा करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेको (एमाले)का केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सावित्रा भुसालले जानकारी दिनुभयो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल क्रमशः क्षेत्र नं २ र ५ का उम्मेदवारसमेत रहनुभएका कारण उहाँहरु र अन्य उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त बन्नुभएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं २ अन्तर्गत नेता नेपाल आज बिहान कोटेश्वरको घरदैलो कार्यक्रममा सहभागी हुनुभएको थियो ।
काठमाडौँ क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार अनिल शर्मा आज अनामनगर र घट्टेकुलोमा प्रचारमा निस्कनुभएको थियो ।
एमाले प्रदेश नं ३ का प्रचार विभाग प्रमुख एवं काठमाडौँ क्षेत्र नं २ प्रदेश (क) का उम्मेदवार सानुकुमार श्रेष्ठले यही मंसिर १७ सम्म घरदैलो कार्यक्रमलाई जारी राख्ने बताउनुभयो ।
क्षेत्र नं ३ का उम्मेदवार तथा काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले कोठे भेला, बैठक र सभालाई निरन्तरता दिएको जनाउँदै भन्नुभयो, ‘मतदाताको घरदैलोमा जाने, उहाँहरुसँग भेटघाट गर्ने, समस्या बुझ्नेजस्ता कामलाई हामीले तीव्रता दिएका छौँ, यो काम करिब ७० प्रतिशत पूरा भएको छ ।’ क्षेत्र नं ४ मा आज बूढानीलकण्ठ नगरपालिकामा कार्यक्रम भएको थियो ।
क्षेत्र नं ६ मा वाम गठबन्धनका उम्मेदवार झक्कु सुवेदी, प्रदेशका उम्मेदवार काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापित घरदैलोमा हुनुहुन्छ ।
क्षेत्र नं ८ का उम्मेदवार जीवनराम श्रेष्ठ र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य विभिन्न भेला, बैठक र घरदैलो कार्यक्रम सहभागी हुनुहुन्छ ।
क्षेत्र न ९ प्रदेश नं १ का उम्मेदवार डा अजय क्रान्ति शाक्यले भीमढुंगा, दहचोक, पुरानो नैकाप, स्युचाटारलगायतका स्थानको ६० प्रतिशत चुनावी प्रचार सकिएको जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ र क्षेत्र नं १० मा हीतमान शाक्य उम्मेदवार हुनुहुन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा