लन्डन । बेलायत-नेपाल प्रज्ञा परिषदको निमन्त्रणामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा योजनाविद् प्रा. पिताम्बर शर्मा सोमबार बेलुका लण्डन आइपुग्नुभएको छ।
बेलायत-नेपाल प्रज्ञा परिषदकोतर्फबाट उहाँलाई हिथ्रो विमानस्थलमा अक्सफोर्ड विश्वविद्यालयमा डिफिल अध्ययन गरिरहेकी क्याथरिन फिसरले स्वागत गरेकी थिइन्।
प्रा. शर्माले यही बिहीबार (२३ नोभेम्बर) परिषदद्वारा लण्डनस्थित स्कुल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (सोआस) मा आयोजना हुने एक समारोहमा १५ औं वार्षिक नेपाल प्रवचन दिनुहुनेछ।
‘नेपालको सङ्घीयता र विकास रणनीति’ विषयमा प्रा. शर्माले राख्ने मन्तव्य नेपालको संविधान २०१५ अनुसार पहिलोपटक संघीय संसद तथा प्रान्तीय विधानसभाहरुको चुनाव भैरहेका बेला निकै उपयोगी हुने आयोजक संस्थाले जनाएको छ।
‘स्थानीय संरचना र शासन व्यवस्थालाई व्यवहारिक कार्यन्वयन कसरी गर्ने भन्ने विषयमा अध्ययनरत उच्चस्तरीय समितिका अध्यक्षसमेत रहेका योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. शर्माका अनुसन्धान र अनुभवबाट खारिएका सारगर्भित विचार सुन्ने र छलफल गर्ने मौका यसपालीको नेपाल प्रवचनले जुटाइ दिएको छ । आशा छ बेलायतका नेपाली र नेपालसम्बन्धी चासो राख्ने प्रवुद्ध व्यक्तिहरूले यो अवसरको सदुपयोग गर्नु हुनेछ’, बेलायत-नेपाल प्रज्ञा परिषदका महासचिव डा कृष्ण अधिकारीले भन्नुभयो ।
कार्यक्रम सबैका लागि खुला रहेको र रिसेप्सन ५.३० बजे (साँझ) तथा प्रवचन एवम् प्रश्नोत्तर ६.३०-८.०० बजेसम्म हुने आयोजक संस्थाले जनाएको छ ।
थप जानकारीकालागि:
Website: www.bnac.ac.uk https://www.facebook.com/BNAC.UK https://twitter.com/BNAC2014
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला