लन्डन । बेलायत-नेपाल प्रज्ञा परिषदको निमन्त्रणामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा योजनाविद् प्रा. पिताम्बर शर्मा सोमबार बेलुका लण्डन आइपुग्नुभएको छ।
बेलायत-नेपाल प्रज्ञा परिषदकोतर्फबाट उहाँलाई हिथ्रो विमानस्थलमा अक्सफोर्ड विश्वविद्यालयमा डिफिल अध्ययन गरिरहेकी क्याथरिन फिसरले स्वागत गरेकी थिइन्।
प्रा. शर्माले यही बिहीबार (२३ नोभेम्बर) परिषदद्वारा लण्डनस्थित स्कुल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (सोआस) मा आयोजना हुने एक समारोहमा १५ औं वार्षिक नेपाल प्रवचन दिनुहुनेछ।
‘नेपालको सङ्घीयता र विकास रणनीति’ विषयमा प्रा. शर्माले राख्ने मन्तव्य नेपालको संविधान २०१५ अनुसार पहिलोपटक संघीय संसद तथा प्रान्तीय विधानसभाहरुको चुनाव भैरहेका बेला निकै उपयोगी हुने आयोजक संस्थाले जनाएको छ।
‘स्थानीय संरचना र शासन व्यवस्थालाई व्यवहारिक कार्यन्वयन कसरी गर्ने भन्ने विषयमा अध्ययनरत उच्चस्तरीय समितिका अध्यक्षसमेत रहेका योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. शर्माका अनुसन्धान र अनुभवबाट खारिएका सारगर्भित विचार सुन्ने र छलफल गर्ने मौका यसपालीको नेपाल प्रवचनले जुटाइ दिएको छ । आशा छ बेलायतका नेपाली र नेपालसम्बन्धी चासो राख्ने प्रवुद्ध व्यक्तिहरूले यो अवसरको सदुपयोग गर्नु हुनेछ’, बेलायत-नेपाल प्रज्ञा परिषदका महासचिव डा कृष्ण अधिकारीले भन्नुभयो ।
कार्यक्रम सबैका लागि खुला रहेको र रिसेप्सन ५.३० बजे (साँझ) तथा प्रवचन एवम् प्रश्नोत्तर ६.३०-८.०० बजेसम्म हुने आयोजक संस्थाले जनाएको छ ।
थप जानकारीकालागि:
Website: www.bnac.ac.uk https://www.facebook.com/BNAC.UK https://twitter.com/BNAC2014
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा