
हारारे, ३० कात्तिक – जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको जिन्दगीमा अहिलेसम्म दश मुख्य आरोह अवरोह भएका छन् । फेब्रुअरी २१, १९२४ मा मुगावेको जन्म सालिसबुरीको कुतामा मिसनमा बस्ने क्याथोलिक परिवारमा भएको हो ।
सन् १९६० मा विद्यार्थी र शिक्षकको रुपमा देश बाहिर क्रियाशिल भइरहेको बेला रहोमेसीआ फर्किनुभयो र उपनिवेस विरुद्ध लड्नका लागि नेश्नल डेमोक्र्याटीक पार्टीमा आवद्ध हुनुभयो । त्यो पार्टी सन् १९६१ मा प्रतिबन्धित भएपछि मुगावेले जोसुआ कोमोको जिम्बाव्बे अफ्रिकी पिपुल्स युनियनमा आवद्ध हुनुभयो ।
सन् १९६४ देखि ७४ सम्म मुगाबे राष्ट्रबादी गतिविधिहरुका कारण हिरासतमा रहनु परयो । हिरासतमुक्त भएपछि भने उहाँले प्रतिबन्धित जेएएनयुलाई नेतृत्व दिनुभयो । स्वेत शासक इआन स्मिथका विरुद्धमा संघर्ष सुरु गर्नुभयो । सन् १९७२ देखि ७९ सम्ममा २७ हजार जनाको मृत्यु भयो ।
अप्रिल १८, १९८० मा १९६५ देखि एक पक्षीय रुपमा ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरिएको रहोडेसीआलाई पूर्ण रुपमा स्वतन्त्र भएको घोषणा गरियो र जिम्बाबे नामाकरण गरियो । मुगाबे प्रधानमन्त्री बन्नुभयो भने अर्का नेता कोमो गृहमन्त्री बन्नुभयो ।
फेब्रुअरी १९८२ मा कोमोलाई मुगाबे विरुद्ध लागेको अरोपमा हटाइयो । त्यसको एक बर्षपछि भएको हिंसाका कारण २० हजार जनाको मृत्यु भयो ।
डिसेम्बर १९८७ मा मुगाबे संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति बन्नुभयो ।
फेब्रुअरी २००० मा पनि संविधान पुर्ननिर्माण भयो ।
मार्च २००८ मा विपक्षी नेता मोर्गान टीस्भाङीराईसँग मुगाबे पहिलो चरणमा राष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्नुभयो । उहाँ फेरी निर्वाचित हुनुभयो ।
डिसेम्बर २०१४ मा मुगाबेले आफुलाई सफल बनाउन सघाउनेहरुलाई बेवास्ता गरेर आफ्नो दोस्रो श्रीमती ग्रासलाई जेडएएनयु पीएफ पार्टीको अध्यक्षका रुपमा मनोनयन गर्नुभयो ।
नोभेम्बर १५, २०१७ मा उहाँलाई सेनाले घरमै नजरबन्दमा राखेको छ ।
हरारे, ३० कात्तिक (रासस-एएफपी) – जिम्बावेको सेनाले सत्ता हातमा लिएको छ । बुधबार बिहानी पख सरकारी प्रशारण संस्थालाई नियन्त्रण गरेको सेनाले रातिसम्ममा सत्ता हत्याएको हो ।
सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति रोबर्ट मुगाबेलाई घरैमा नजरबन्द गरिएको छ । तर उहाँले आफू सकुशल रहेको जानकारी दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमालाई दिनुभएको छ ।
जिम्बाब्वेको सेनाले देशको शासन सत्ता नियन्त्रणमा लिएपछि बुधबारदेखि नै यहाँका राष्ट्रपतिको अवस्थाको बारेमा विभिन्न अनुमानहरु गरिएका थिए ।
बुधबार राति राष्ट्रपति जुमाले जिम्बावेका राष्ट्रपति मुगाबेसँग आफ्नो टेलिफोन वार्ता भएको बताउनुभएको छ । राष्ट्रपति मुगाबेले आफू निवासमै नजरबन्दमा सकुशल रहेको बताउनुभएको थियो ।
जिम्बावेको राजधानी हरारेका सडकहरुमा सेनाका सवारी साधनमात्र देखिएका छन् । सडकहरुमा सवार र अन्य सैनिकहरुले सडकमा समेत गस्ती गरिरहेका देखिन्छन् ।
उता अफ्रिकी संघले जिम्बावेको सेनाले सत्ता लिएको जनाएको छ । साथै उक्त संघले जिम्बावेको सेनालाई कारवाही रोक्न आह्वान पनि गरेको छ ।
सरकारी टेलीभिजनमार्फत जिम्बावेका एकजना सैनिक जर्नेलले सेनाले विद्रोह नगरेको बताएका छन् । उनले यहाँका राष्ट्रपति रोबर्ट मुगाबे सुरक्षित रहेको पनि सो टिभीमार्फत सार्वजनिक गरेका छन् ।
यहाँको सेनाले औपचारिकरुपमा के गरिरहेको हो भन्ने बारेमा केही बताएको छैन । त्यसैगरी अहिले भइरहेको सैनिक कार्वाहीको नेतृत्व पनि कसले गरिरहेको छ भन्ने कुरा स्पष्ट छैन ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने