काठमाडौँ, ३० कात्तिक (रासस) – एसिसी उन्नाइस वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ ।
मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म युथ एशिया कपको फाइनल पुग्न सकेको छैन । त्यसैले पनि दुवै टोली नयाँ इतिहास रच्ने दाउमा छन् ।
समूह ‘ए’ मा रहेको बंगालादेशले सोही समूहको भारतलाई आठ विकेटले पराजित गरेपछि नेपाल समूहको उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह चरणको खेलमा तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । नेपालले बंगलादेशसँगको पहिलो खेलमा दुई विकेटले पराजित भएको थियो भने भारतलाई १९ रन तथा आयोजक मलेसियालाई आठ विकेट पराजित गरेको थियो ।
यु–१९ उमेर समूहको एशिया कपमा तीनपटक च्याम्पियन बनेको भारत लगातार दुई खेलमा पराजित हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ भने आयोजक मलेसिया पनि प्रतियोगिताबाट बाहिरियो ।
त्यसैगरी समूह ‘बी’मा रहेका पाकिस्तान र अफगानिस्तानले सेमिफाइनलको यात्रा तय गरे भने श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (युएई) प्रतियोगिताबाट बाहिरिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’