
प्रधानमन्त्री शेरबहादुर देउवालाई तराईमा गएको बाढीको विषयमा विस्तृत प्रतिवेदन सोमबार बालुवाटारमा बुझाउँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्ले । तस्बिर- रोशन सापकोटा, रासस
काठमाडौँ, २७ कात्तिक (रासस) – गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले रु ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ ।
राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको पुनःउत्थानसम्बन्धी आवश्यकता आँकलन प्रतिवेदनले आवास, स्वास्थ्य, शिक्षाजस्ता सामाजिक क्षेत्र, कृषि, पशुपालन र सिँचाइजस्ता उत्पादनमूलक क्षेत्रमा असर पारेको जनाएको छ । प्रभावित क्षेत्रको पुनःउत्थानका लागि करिब रु ७३ अर्ब २४ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिनुभयो ।
उहाँले आगामी तीन वर्षमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनःस्थापना रणनीति अवलम्बन गरिने बताउनुभयो । जोखिमलाई सम्बोधन गर्नका लागि आवश्यक रुपरेखाको प्रस्तावसहित प्रतिवेदन आफूले प्रधानमन्त्रीलाई बुझाएको बताउँदै डा वाग्लेले त्यसलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा रहेको बाढीपीडितको पुनःस्थापनार्थ विशेष एकाइमार्फत गरिने बताउनुभयो ।
उक्त प्रतिवेदनमा साउन २७ देखि ३० गतेसम्म गएको बाढीलाई मात्र लिइएको छ । बाढीबाट देशभरका ३५ जिल्ला प्रभावित र १८ जिल्ला अत्यधिक प्रभावित भएका थिए । उक्त प्रतिवेदन योजना आयोगले गृह मन्त्रालयले विपत्ति प्रभावित भनेर तोकेको १८ भन्दाबढी जिल्ला तथा नौ क्षेत्रका कार्यालयले तयार गरेको तथ्यांकमा आधारित थियो ।
डा वाग्लेका अनुसार बाढीले मुकुको समग्र अर्थतन्त्रमा भन्दा पनि सम्बन्धित जिल्लामा मात्र असर पार्ने देखिएको बताउँदै बाढीबाट प्रभावितको पुनःउत्थान नेपाल सरकारले नै गर्ने स्पष्ट पार्नुभयो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने