
काँग्रेसले निर्वाचन तयारीका लागि केन्द्रीय प्रतिनिधि खटायो
काठमाडौँ, २६ कात्तिक (रासस) – नेपाली काँग्रेसले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीको लागि पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले आज पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्यधिक मतका साथ पार्टी र उम्मेद्वारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
काँग्रेसले सोलुखुम्बुमा खिलानाथ दाहाल, संखुवासभामा धना खतिवडा, भोजपुरमा तारामान गुरुङ, ओखलढुंगामा मृदुला कोइराला, ताप्लेजुङमा केशवकुमार बुढाथोकी, पाँचथरमा वेनुपराज प्रसाईँ, खोटाङमा रमा पौडेल, नुवाकोटमा प्रा वासुदेव घिमिरे, रसुवामा बहादुरसिंह लामालाई खटाउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै, काँग्रेसले धादिङमा रामेश्वर उपाध्याय, सिन्धुपाल्चोकमा मीन विश्वकर्मा, दोलखामा पुष्पा भुषाल, रामेछापमा शोभाकर पराजुली, मुस्ताङमा शोभियतबहादुर अधिकारी, म्याग्दीमा तिलक रानाभाट, बाग्लुङमा कुमार खड्का, मनाङमा डा हिमलाल घिमिरे, लमजुङमा धनबहादुर मास्की राना, गोरखामा भेषराज दुवाडी, रूकुम (पूर्वी)मा कृष्ण कार्की, रोल्पामा पार्वता डिसी चौधरी, रुकुम (पश्चिम)मा गेहेन्द्र गिरीलाई खटाएको छ ।
यसैगरी, जाजरकोटमा गोविन्द मल्ल, हुम्लामा डा प्रमोद अर्याल, मुगुमा डिल्लीराज तिवारी, जुम्लामा सरस्वती शाह, कालीकोटमा आशा विक, डोल्पामा विद्या खनाल, दार्चुलामा नरेन्द्रसिंह भण्डारी, बझाङमा शंकरप्रसाद पाण्डे, बाजुरामा अरुणप्रकाश सिंह राठौर तथा बैतडीमा दिलेन्द्रप्रसाद बडूलाई खटाउने निर्णय गरेको मुख्य सचिव पौडेलले बताउनुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई