ताप्लेजुङ, २५ कात्तिक (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिको रुपमा खडा भएको आरोप लगाउनुभएको छ ।
ताप्लेजुङबाट काँग्रेसको चुनावी अभियान शुरु गर्नुभएका देउवाले आज सदरमुकाम फुङलिङमा काँग्रेस ताप्लेजुङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै वाम गठबन्धन लोकतन्त्र, जनता र संघीयता विरोधी रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट शासन स्थापना भए जनताको दैनिकी डर–त्रासपूर्ण हुने छ भन्नुभयो ।
प्रधानमन्त्री देउवाले काँग्रेसबाहेक कुनै शक्ति प्रजातान्त्रिक पक्षधर नभएको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतन्त्रको रक्षार्थ पनि कम्युनिष्टलाई पराजित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
निर्वाचन लोकतन्त्र र साम्यवाद रोज्ने बीचको प्रतिस्पर्धा हो भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘जनता लोकतन्त्र विरोधी छैनन् त्यही भएर साम्यवाद उनीहरुको रोजाइमा पर्दैन, यसैले पनि काँग्रेसको जित सुनिश्चित छ ।’
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख बालकृष्ण खाँणले यस पटक काँग्रेस एकताबद्ध भएर चुनावमा होमिएकाले पनि आफ्नो पार्टीको जितलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।
ताप्लेजुङबाट काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार केशवप्रसाद दाहाल र प्रदेशसभा उम्मेदवार लीलादेवी बोखिमले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा आफूहरुले जित हासिल गर्ने भन्दै ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नुअघि दिउँसो पाथीभरा मन्दिरको दर्शनसमेत गर्नुभएको थियो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?