ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी

एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर – निमदत्त सुवेदी, रासस

काठमाडौँ, २४ कात्तिक – नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टी अध्यक्ष ओलीको निवासमा आज बसेको बैठकले पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा २७ सदस्यीय कमिटी गरेको पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमालले जानकारी दिए । कमिटीका सदस्यमा पार्टीका नेता अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा पुष्पराज कँडेल, रिमाल, रघुजी पन्त, वेदुराम भुसाल, डा विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की, सावित्री भुसाल र लालबाबु यादव रहनुभएको छ ।

त्यसैगरी डा युवराज खतिवडा, रमेश सिलवाल, हरि फुयाँल, रुद्र नेपाल, केशवप्रसाद बडाल, केदार सञ्जेल, बाबुराम दाहाल, डा सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहरा रहनुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री