
सगुनमा लगानी अवसर नोभेम्बर ३० सम्म, विश्वभरका नेपाली आकर्षित
लन्डन । सोसियल इ कमर्स साइट ‘सगुन डट कम’ को मिनी आइपीओमा लगानी गर्ने अवसर यही नोभेम्बर ३० सम्ममात्र खुल्ला हुने भएको छ । अब समयसीमा २० दिन बांकी रहंदा उक्त स्टार्ट अप कम्पनीमा विश्वभरका नेपालीले लगानी गर्ने क्रम जारी छ । गैर आवासीय नेपाली संघ र विश्वभर रहेका राष्ट्रिय समितिहरुले समेत यसलाई साथ दिएपछि सगुनले पछिल्लो समय उचाईं लिएको हो ।
स्टार्ट अप कम्पनीको आइपीओमा लगानी गर्न पाउनु ठूलो अवसर भएको सगुनको दावी छ । तर, कम्पनीले दबाब सिर्जना भन्दा स्टार्ट अप कम्पनीको वस्तुस्थिति र लाभ हानी बुझेरमात्र लगानी गर्न सुझाएको छ ।
भारतमा बेग्लै कार्यालय खोलेर आफ्नो महत्वकांक्षी योजना अगाडि बढाइरहेको सगुनले मोवाइल एप शुरु गर्ने र सगुनडटकमका थप विशेषता थप्दै लगेको यूकेस्थित एकजना सल्लाहकार सूर्य गुरुङले जनाए । उनका अनुसार, यूकेबाट पनि कयौं एनआरएन अभियन्ताहरुले लगानी गरेका छन् । न्यूनतम लगानी एकहजार डलरमात्र रहेको र डेबिट तथा क्रेडिट कार्डमार्फत सहज रुपमा सगुनमा लगानी गर्न सकिने जनाउंदै गुरुङले बेलायतवासी नेपालीलाई लगानी गर्न सुझाएका छन् । सगुनले गत १८ अगष्टदेखि रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत बेलायतबाटै दोश्रो पटक सर्वसाधारणबीच शेयर विक्रीको अवसर खुल्ला गरेको थियो ।
अमेरिकाले सन् २०१२ देखि स्टार्ट अप कम्पनीलाई यस्तो आइपीओ जारी गर्न दिने गरी कानुन ल्याएको सगुनका संस्थापक गोविन्द गिरीले बताए । अमेरिका स्थायी निवासी गिरी सगुनमा लगानीको आकर्षणले निकै उत्साहित छन् । अहिले दश लाख प्रयोगकर्ता रहेको सगुनमा ३.२ मिलियन डलर लगानी आइसकेको छ । गुगल र आइबीएम जस्ता कम्पनीमा काम गरिसकेका विज्ञ सगुनमा आवद्ध भएको गिरी बताउंछन् । विश्वमा बढ्दो समाजिक सञ्जाल प्रयोगलाई उत्पादनशील बनाउने अवधारणा आफूहरुको भएको गिरीले बताए । अमेरिकाको रक्षा मन्त्रालयको सिस्टम इन्जिनियरको जागिर छाडेर सगुनमा क्रियाशिल भएका छन् गिरी ।
https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई