लन्डन । सोसियल इ कमर्स साइट ‘सगुन डट कम’ को मिनी आइपीओमा लगानी गर्ने अवसर यही नोभेम्बर ३० सम्ममात्र खुल्ला हुने भएको छ । अब समयसीमा २० दिन बांकी रहंदा उक्त स्टार्ट अप कम्पनीमा विश्वभरका नेपालीले लगानी गर्ने क्रम जारी छ । गैर आवासीय नेपाली संघ र विश्वभर रहेका राष्ट्रिय समितिहरुले समेत यसलाई साथ दिएपछि सगुनले पछिल्लो समय उचाईं लिएको हो ।
स्टार्ट अप कम्पनीको आइपीओमा लगानी गर्न पाउनु ठूलो अवसर भएको सगुनको दावी छ । तर, कम्पनीले दबाब सिर्जना भन्दा स्टार्ट अप कम्पनीको वस्तुस्थिति र लाभ हानी बुझेरमात्र लगानी गर्न सुझाएको छ ।
भारतमा बेग्लै कार्यालय खोलेर आफ्नो महत्वकांक्षी योजना अगाडि बढाइरहेको सगुनले मोवाइल एप शुरु गर्ने र सगुनडटकमका थप विशेषता थप्दै लगेको यूकेस्थित एकजना सल्लाहकार सूर्य गुरुङले जनाए । उनका अनुसार, यूकेबाट पनि कयौं एनआरएन अभियन्ताहरुले लगानी गरेका छन् । न्यूनतम लगानी एकहजार डलरमात्र रहेको र डेबिट तथा क्रेडिट कार्डमार्फत सहज रुपमा सगुनमा लगानी गर्न सकिने जनाउंदै गुरुङले बेलायतवासी नेपालीलाई लगानी गर्न सुझाएका छन् । सगुनले गत १८ अगष्टदेखि रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत बेलायतबाटै दोश्रो पटक सर्वसाधारणबीच शेयर विक्रीको अवसर खुल्ला गरेको थियो ।
अमेरिकाले सन् २०१२ देखि स्टार्ट अप कम्पनीलाई यस्तो आइपीओ जारी गर्न दिने गरी कानुन ल्याएको सगुनका संस्थापक गोविन्द गिरीले बताए । अमेरिका स्थायी निवासी गिरी सगुनमा लगानीको आकर्षणले निकै उत्साहित छन् । अहिले दश लाख प्रयोगकर्ता रहेको सगुनमा ३.२ मिलियन डलर लगानी आइसकेको छ । गुगल र आइबीएम जस्ता कम्पनीमा काम गरिसकेका विज्ञ सगुनमा आवद्ध भएको गिरी बताउंछन् । विश्वमा बढ्दो समाजिक सञ्जाल प्रयोगलाई उत्पादनशील बनाउने अवधारणा आफूहरुको भएको गिरीले बताए । अमेरिकाको रक्षा मन्त्रालयको सिस्टम इन्जिनियरको जागिर छाडेर सगुनमा क्रियाशिल भएका छन् गिरी ।
https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला