रुकुम, २४ कात्तिक (रासस) – वाम गठबन्धका उम्मेदवारको गाडीलाई लक्षित गरेर आज दुईवटा बम प्रहार गरिएको छ ।
वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा बिना विभागीय मन्त्री जनार्दन शर्मा र उहाँको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा दुईवटा बम प्रहार गरिएको प्रहरीले बताएको छ ।
चौरजहारी नगरपालिकाको चुनावीसभा सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोलीमाथी सडकमाथिबाट बम प्रहार भएको बताइएको छ । सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको थियो ।
शर्मा चढेको गाडीको अघिल्तिर परेको एउटा बम पड्केन तर अर्को भने पड्केको प्रहरीको भनाइ छ । पड्केको पनि सडकमा धेरै धुलोमा परेका कारण धेरै असर नभएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ ।
उम्मेदवार शर्माले आफ्नै गाडीलाई लक्षित गरी बम प्रहार गरेको बताउनुभयो । कसैबाट परिचालित मान्छेले त्यस्तो हर्कत गरेको उहाँको भनाइ छ । प्रहरीले निर्वाचन विरोधी समूहको काम रहेको बताएको छ । तर अहिलेसम्म बम प्रहार गर्नेको बारेमा केही जानकारी आएको छैन् ।
त्यसमा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ । केही दिनअघि नेकपाकै कार्यकर्ताले शर्माकै घरमा कालो ब्यानर राखेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा