काठमाडौँ, २० कात्तिक (रासस) – नेकपा (माओवादी केन्द्र) ले वाम गठबन्धनको भावना र मर्मअनुसार चुनावी प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रको जिल्ला संगठन समिति काठमाडौँको आज बसेको बैठकले राष्ट्रिय आवश्यकताअनुसार वाम तालमेल र पार्टी एकताको समेत निर्णय भएकाले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनलाई सफल बनाउन र वाम गठबन्धनलाई जिताउन लागिपर्ने निर्णय गरेको हो ।
सो पार्टीका काठमाडौँ जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले कुनै पनि शर्तमा वाम गठबन्धन विजयी हुनुपर्छ भन्ने मान्यतालाई प्रत्येक नेता तथा कार्यकर्ताले आत्मसात् गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो ।
गठबन्धनमा सहभागी नेकपा (एमाले) सँगको छलफलपछि एकीकृत र केन्द्रीतकृत चुनाव परिचालन समिति गठन गर्ने निर्णय समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये तीन वटामा माओवादी केन्द्र र सात वटामा एमालेले उम्मेदवारी दिएका छन् ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिनुभएका काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्मा, क्षेत्र नं ६ का उम्मेदवार झक्कुप्रसाद सुवेदी र क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्यले चुनावी योजना पेश गर्दै पार्टी र गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा