काठमाडौँ, १५ कात्तिक (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभयो ।
सो अवसरमा राष्ट्रपतिबाट निर्वाचन तोकिएकै मितिमा हुने कुरामा कतै द्विविधा नराखी काम गर्न प्रमुख आयुक्तलाई सुझाव दिनुभएको थियो । आयोगले गरेको निर्वाचनको तयारीप्रति सन्तोष प्रकट गर्दै राष्ट्रपतिले भन्नुभयो, ‘सशंकित हुनुपर्दैन, हामी आयोगको साथमा छौँ र ढुक्क भएर अगाडि बढ्नुहोस् ।’
भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराउनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र छपाइ गर्ने कार्य जारी रहेको तथा मतदान केन्द्रित निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन गर्ने कार्य तीव्ररुपमा भइरहेको राष्ट्रपतिसमक्ष उहाँले जानकारी गराउनुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा