
गुल्मी दरबार गाउँपालिका-४ बिरवासमा दुर्घटना ग्रस्त माईक्रो बस । सडकबाट करिव तीन सय मिटर तल खसेको सो बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको बा४ख ५५०१ नं को माईक्रो बस दुर्घटना हुँदा नौ जनाको मृत्यु र आठ जना घाइते भएका छन् । तस्वीर – प्रेमनारायण आचार्य, अर्घाखाँची, रासस
अर्घाखाँची, १३ कात्तिक (रासस) – बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रोबस गुल्मीको वीरवासमा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नंको माइक्रोबस गुल्मी दरबार गाउँपालिका–४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा नौजनाको मृत्यु भएको र आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटेपनि बीचमा यात्रु थपेको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र एकको उपचारका क्रममा तथा दुईजनाको पाल्पा लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन महिला र ६ पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये चारजनाको सनाखत भएको छ । सनाखत हुनेमा गुल्मी रेसुङ्गा नगरपालिका–८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका विष्णु पाण्डेय र चालक भीम घर्ती तथा अर्जै, गुल्मीका लालबहादुर मुखिया रहेका छन् ।
गाडीका चालकको पनि पाल्पा लैजानेक्रममा मृत्यु भएको छ । सनाखतका लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिनुभयो । घाइते हुनेहरुमा एक महिला, पाँच पुरुष र दुईजना बालक रहेको प्रहरीले जनाएको छ ।
गाडीमा सवार चालकसहित १७ जना रहेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । दुर्घटनामा परेको गाडी सडकबाट करिब ३०० मिटरभन्दा बढी तल खसेको थियो ।
गाडीको तीव्रगति र गाडीलाई साइड दिनेक्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपति प्रेमप्रकाश सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार साइड दिने बोलेरो जिप सडकको नालीमा रहेको बताए । दुर्घटनास्थलमा ठूलो भिर र साँघुरो बाटो रहेको छ ।
उदयपुर दुर्घटना अपडेट- मृत्युभएका नौजनाको सनाखत
गाईघाट, उदयपुर, १३ कात्तिक (रासस) – उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा आज दुर्घटना हुँदा मृत्यु भएका नौजनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा सप्तरी पापरगाडा–४ का राधेश्याम महतो, कविलाश–३ का गंगाराम साह र बैखा–६ का नेपाली सेनाका जवान रुपेन्द्र बर्मा, ओखलढुंगा सेर्नाबेँसी–३ का ईश्वरीप्रसाद भट्टराई, वरुणेश्वर–६ का दीपक भित्रिकोटी, उदयपुरको रामपुर ठोक्सिला–७ का सन्देश किराँती तथा जिप चालक कटारी नगरपालिका–२ का हरि कार्की रहेका छन् ।
यस्तै, ठेगाना नखुलेकी अन्जना राई र मिथिलेश साहको पनि सनाखत भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुमारी भित्रिकोटीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । मृतकका शव कटारी अस्पतालमा राखिएको छ ।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो