बार्सिलोना, १२ कात्तिक (रासस-एएफ्पी) – क्याटलोनिया स्वतन्त्र भएकोमा यहाँको एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली शहरहरूमा खुशी मनाइरहेका समयमा आइतबार बार्सिलोनामा स्पेनसँगको एकताको पक्षमा दशौँ हजार क्याटोलोनियालीले प्रदर्शन गरेका छन् ।
‘भिभा स्पाना’ भन्ने नारा लगाउँदै आफूहरू स्पेनसँग छुट्टिन नचाहेको र केही विखण्डनकारी नेताले आफ्ना पिता पूर्खाले स्थापना गरेको स्पेनी भूभागलाई टुक्राउन लागेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।
‘मेरो शहरमा स्पेनी झण्डासहितको घर छोड्न म कदापि तयार छैन,’ क्याटलोनियाको स्वतन्त्रता घोषणापछि क्रोधित बनेकी गिरोनीकी १९ बर्षीया विद्यार्थी मारिना फर्नान्डिजले भनिन् । ‘म मेरा पूर्खाले स्थापना गरेको मुलुकमा उनीहरू (बिखण्डनकारी) समूहले गरेका क्रियाकलापबाट साह्रै वेखुशी बनेकी छु,’ उनले भनिन् ।
एकताका पक्षधर क्याटलोनियालीले गाउदी शहरमा जम्मा भएका प्रदर्शनकारीले क्याटलोनियालाई स्वतन्त्र बनाउने अभियानको नेतृत्व गरेका कार्लेस पुज्डमोनलाई कैँद हाली स्पेनी जनताको एकताको समर्थनप्रति सम्मान गर्नुपर्ने बताए ।
क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा शुक्रबार भएको गोप्य मतदानलाई एकताका पक्षधरहरूले बहिष्कार गरेका थिए । संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको थियो भने विपक्षमा १० मत परेको थियो । दुई सांसद्ले मतदानमा मतपत्रलाई खाली खसालेका थिए ।
मतदान पछि क्याटलोनियाको स्वतन्त्रताको नेतृत्व गरेका नेताहरूले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको बताएका छन् । तर केन्द्र सरकारले क्षेत्रीय सरकारलाई बर्खास्त गरी प्रत्यक्ष शासन शुरु गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार