काठमाडौँ, १२ कात्तिक (रासस) – मलेसियामा हुने एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताका लागि आज नेपाली टोलीको घोषणा गरिएको छ ।
नोभेम्बर दोस्रो साताबाट शुरु हुने उक्त प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । प्रशिक्षक विनोद दास र एसिसीका प्रतिनिधि बेन्काटापति राजुको छनोट समितिले खेलाडी छनोट गरेको हो ।
बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये अन्तिम टोलीको घोषणा गरिएको हो । छनोट गरिएका अन्य खेलाडीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सन्दीप सुनार, प्रनित थापा मगर, अनिलकुमार शाह, पवन शर्राफ, आसिफ शेख, किशोर महतो, शाहब आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, राशिद खान र जितेन्द्र सिंह रहेका छन् । यस्तै सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी र विजय चौधरीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ ।
नेपाली युवा टोली सोमबार बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको यु–१९ टोलीसँग तीन वटा अभ्यास खेल खेल्नेछ । एशिया कप मलेसियामा नोभेम्बर ११ देखि १९ सम्म हुनेछ । सो प्रतियोगितामा टेष्ट मान्यता प्राप्त राष्ट्र भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठ वटा देशको सहभागिता रहने छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?