
मोगादिसु, १२ कात्तिक (रासस-सिन्ह्वा) – सोमालियाको राजधानी मोगादिसुका दुई ओटा होटल अगाडी शनिबार भएको बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
घटनामा परी अन्य ३० जना घाइते भएको प्रहरी अधिकारीलाई उदृत गर्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
लगातार गोली हानाहान भएपछि घाइतेलाई सुरक्षाकर्मीले चाँडोभन्दा चाँडो उद्धार गरेका थिए ।
अतिवादी आतङ्कारी समूह अल शाबाबले घटना आफूहरुले गराएको भन्दै जिम्मेबारी लिएको छ । उनीहरुले आफ्ना लडाकूहरु होटलभित्रै रहेको दावी पनि गरेका छन् ।
मोगादिसुको अति व्यस्त सहरमा ट्रक बम विस्फोटन भएर ३५० जनाभन्दा बढीको मृत्यु भएको दुई हप्तापछि अर्को विस्फोटनको घटना भएको हो ।
सोमालियाको राजधानी मोगादिसुमा सो विस्फोटनबाट अहिले सम्मकै धेरै क्षती पुर्याएको बताएको छ । सो घटनामा अल शबाबको हात रहेको सोमालिया सरकारले बताउदै आएको छ ।
शनिबार भएका दुई विस्फोटनमध्ये एउटा विस्फोटन भएको केही समयपछि अर्को विस्फोटन भएको थियो ।
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’