लन्डन । बेलायतमा पहिलोपटक आयोजना गरिएको गायन प्रतियोगिता ‘एभरेष्ट आइडल २०१७’ को विजेता सोनाहाङ राई बनेका छन् ।
इ-मेडिया हबले आयोजना गरेको सो प्रतियोगिताको शनिबार अल्डरसटमा सम्पन्न फाइनलमा राईले अन्य प्रतिष्पर्धीलाई पाखा लगाउँदै टाइटल हात पारेका हुन् ।
उक्त प्रतियोगीतामा १४ प्रतिस्पर्धीहरु सोनाहाङ राई, सुमी राई, मार्गरेट लिम्बु, निमान तामाङ, काशी राई, लच्छु शेर्पा, किरण गुरुङ, आइती गुरुङ, निरु चन्द, दीप प्रकाश राई, प्रवेश राई, मनोज गुरुङ, शकुन सुनुवार र नन्दिता राई थिए ।
कार्यक्रम तीन चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा ४, दोस्रो चरणमा ५ जना हटेर फिनालेमा ५ जना दिप प्रकाश राई, निमान तामाङ, सुमी राई, सोनाहाङ राई र मनोज गुरुङ पुग्न सफल भएका थिए । उक्त प्रतियोगितामा ‘सान्नानीले झुक्यायो मलाई’ र ‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ…’ बोलको दुई गीत गाएर बेलायतमा पहिलो ‘एभरेष्ट आइडल’ को उपाधि साथै १२ सय पाउण्ड सोनाहाङ राइले हात पारे । उक्त आइडलको फस्ट रनर अप निमान तामाङ र सेकेण्ड रनर अप दिप प्रकाश राई भए ।
उक्त आईडलका जजहरु शर्मिला बर्देवा, सितु खरेल, बिसी राई र पर्यवेक्षक जजमा ‘लेजेन्ड्री गायक’ नोर्देन तेन्जिङ भुटिया थिए । भुटियाले फाइनलका १४ प्रतिष्पर्धी सबै उत्कृष्ट भएकाले उनीहरुबाट पहिलो ‘एभरेस्ट आइडल’ छान्न निकै गारहो भएको तर पब्लिक भोटिङले धेरै सजिलो बनाएको बताए ।
बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशेष अतिथिमा एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी साथै अन्य अतिथिहरुमा आइडलका प्रायोजकह दिपेश लामा, देउकी राई, सूर्य गुरुङ, जितेन्द्र चेम्जोङ, कुमार पुन, बलबहादुर राई, दुर्गा घले, गोकर्ण चोङ्बाङ्, चित्र कुमार राई, याम शेरचन, निरा पिजी, धिरेन्द्र चेम्जोङ्, शङ्कर गुरुङ रहनु भएको थियो ।
इमेडिया हबका सिइओ ईश्वर चाम्लिङ राईले कार्यक्रमको शुरुवातमा उपस्थित सम्पूर्ण संगीतप्रेमी र सहयोगीहहरुलाई सबैको सहयोग बिना कार्यक्रम सफल नहुने बताउँदै स्वागत गरे । साथै यस आइडलको पुरस्कार प्रायोजकहरुप्रति विशेष धन्यवाद पनि दिए ।
प्रमुख अतिथि डा. सुवेदीले कार्यक्रमलाई शुभकामना दिँदै प्रतिष्पर्धामा कोही पनि हार जित नहुने र जितेर पनि अहंकार गर्नु हुँदैन भने । बेलायतभूमिमा रहेर नेपाली डायस्पोरा गीत संगीतमा लागी पर्नुले नै सबै प्रतियोगीले आइडल जितिसकेको उनले बताए । नेपाली सांगीतिक आकाशका कालजयी श्रष्टाहरु मास्टर मित्रसेनदेखि राजेश पायल राई, दिपक लिम्बुसम्मका नाम सम्झँदै राजदूतले गोरखाली वीरताको इतिहास, बहादुरीको इतिहास साथ साथै धर्म, संस्कार, संस्कृति जोगाउन नेपालीहरु सफल भएको बताए । साथै सुवेदीले सम्पूर्ण प्रतिस्पर्धीहरुलाई शुभकामना ब्यक्त गर्दै अन्त्यमा राष्ट्रकवि माधव घिमिरेको कविता दुई हरफ सुनाएर मन्तव्य टुंग्याएका थिए ।
आइडलको पुरस्कार प्रायोजकहरुमा न्यू लक्ष्मी ज्वेलरी ग्राण्ड मास्टर स्पोन्सर, देउकी राई मास्टर स्पोन्सर, पिपल मर्गेज मास्टर स्पोन्सर, गोर्खा भिल्ला आसफोर्ड मेजर स्पोन्सर, दुर्गा घले मेजर स्पोन्सर, पुनहिल ग्रोसरी सप मास्टर स्पोन्सर, फोर्सेस क्याब मास्टर स्पोन्सर, एभरेस्ट सेक्युरिटी मास्टर स्पोन्सर, गोर्खा प्रोपर्टिज मास्टर स्पोन्सर, जेन ट्राभल्स मास्टर स्पोन्सर, काठामाण्डौ ज्वेलर्स स्पोन्सर, निरा पिजी मिनी स्पोन्सर, गोर्खा भिल्ला अल्डरसट मिनी स्पोन्सर, यूरोपा फूड मिनी स्पोन्सर रहेका थिए भने मिडिया पार्टनरमा एचकेनेपाल डट कम र वीनेपाली डट्कम रहेका थिए ।
साँझ निर्धारित समय ५.३० बाट शुरु भएर मध्यरात १२ बजे सकिएको उक्त कार्यक्रमलाई साहित्यकार नवराज राई र मिस यूके २०१४ निया देवानले संयुक्त रुपमा सञ्चालन गरेका दिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता