लन्डन । बेलायतका नेपाली व्यवसायीहरुले निर्माण गरेको चलचित्र ‘हयाप्पी डेज’ को ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो आगामी १२ नोभेम्बरमा हुने भएको छ । प्रिन्सेस हल, अल्डरसटमा दिउसो २ बजे फिल्मका मुख्य कलाकारहरुको प्रत्यक्ष सहभागितामा रेड कार्पेट प्रिमियर शो हुन लागेको निर्माण पक्षले शुक्रबार लन्डनमा एक पत्रकार सम्मेलनमार्फत जनाएको हो । माघ १२ देखि नेपाल भर प्रदर्शन हुने जानकारी पनि फिल्म युनिटले दिएको छ ।
पत्रकार सम्मेलनमा फिल्मका प्रस्तोता वी पी खनालले नेपालबाट आएका कलाकार र प्राविधिकहरु ४६ दिनसम्म बेलायतमै बसेर छायांकन गरिएकाले पनि यसको लगानी करिब २ करोड ५० लाख रुपैयां पुगेको जनाए । ‘हामीले फिल्मको क्वालिटीमा कुनै कम्प्रमाइज गरेका छैनौं’, खनालले भने, ‘फिल्म निर्माण आफैंमा चुनौतिपूर्ण व्यवसाय हो । तर, हामीले व्यापारिक लाभ मात्र उद्देश्य नराखी नेपाली चलचित्रको प्रवर्धन र यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुरयाउन फिल्म निर्माणको जोखिम लियौं ।’ उनले नेपाली चलचित्रले फड्को मारिरहेका बेला बनेको हयाप्पी डेजले नेपाली चलचित्र उद्योगमा केही टेवा पुग्ने विश्वास समेत व्यक्त गरे ।
मिलन चाम्सको निर्देशन रहेको ‘हयाप्पी डेज’ बेलायतमै बस्ने नेपाली व्यवसायीद्वारा निर्मित हाइ बजेट र आशा गरिएको फिल्म भएको खनालले बताए । यसको प्रस्तोता वी पी खनाल र निर्माताहरुमा वीपी खनाल, हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स् र डा. अशोक बन्साल छन् । ‘हामीले अब वर्षेनी फिल्म निर्माणलाई निरन्तरता दिनेछौं’, खनालको अठोट छ ।
‘फिल्मको करिब ९५ प्रतिशत छायांकन बेलायतमै भएको छ । स्कटल्याण्ड, वेल्स् र इंग्ल्याण्डका रमणीय दृश्यहरु फिल्ममा समेटिएको छ’, खनालले फिल्मबारे जानकारी दिंदै अगाडि भने, ‘अहिले सर्वाधिक चर्चाको शिखरमा रहनुभएका निर्देशक मिलन चाम्सको निर्देशन, बेलायतका रमणीय दृश्य अनि लभ स्टोरीले पनि ‘हयाप्पी डेज’ दर्शकको रोजाइमा पर्ने हामीहरुको विश्वास छ ।’
पत्रकार सम्मेलनमा कलाकार विक्की जोशी, ध्रुव दत्त, रितेश चाम्स, नरेश शर्मा लगायतले आ आफ्नो अनुभव सांटेका थिए । यसअघि म्यूजिक भिडियोमा अभिनय गरिसकेका विक्की जोशीले राम्रो अफर आए भविष्यमा अन्य फिल्ममा समेत खेल्ने बताए । ‘बाहिर हेर्दा जति सजिलो छ, आफैंले अभिनय गर्दा कठिन पनि हुने रहेछ’, जोशीले अनुभव सुनाए, ‘प्रियंका, दयाहाङ जस्ता कलाकारहरुसंग काम गर्न पाउंदा धेरै कुरा सिक्ने अवसर पनि मिल्यो ।’
चाम्स् इन्टरटेन्मेन्ट र लन्डन सिने आइको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, दिया पुन, विक्की जोशी, मोनिका गुरुङ, रुपा पुन, रितेश चाम्स् लगायत कलाकारहरुको मुख्य अभिनय छ ।
चलचित्रमा यम थापाको स्क्रीन प्ले, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, नरेश भट्टराई, दिनेश राउत र राजनराज सिवाकोटीको शब्द, तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जिसीको सम्पादन छ । त्यस्तै फिल्ममा रामकुमार केसीको छायांकन, गिरीराज घिमिरेको मुख्य सहायक निर्देशन तथा मिलन चाम्स् र कविराज गहतराजको नृत्य निर्देशन छ ।
तस्विर- शिव भण्डारी/भिडियो- कुशल श्रेष्ठ
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित