भक्तपुर, १० कात्तिक (रासस) – पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य शुरु भएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज साँझ मतपत्रको छपाइ भइरहेको भक्तपुर सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रमा पुगेर मतपत्र छपाइसम्बन्धी निरीक्षणपछि सो जानकारी दिनुभएको हो । निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा यादवले समानुपातिकतर्फको मतपत्र भने छाप्ने कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले पहिलो चरणअन्तर्गत ३२ जिल्लामा हुने निर्वाचनका लागि समयमै आवश्यक मतपत्र छाप्ने कार्य सम्पन्न हुने र दोस्रो चरणका लागि कात्तिक १६ गतेको उम्मेदवारी मनोनयनपछि मतपत्र छाप्ने काम शुरु हुने बताउनुभयो ।
उहाँले निर्वाचन तोकिएको मितिमा हुनेमा शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा निर्वाचन गर्नका लागि सम्पूर्ण शक्ति लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनको मितिका सम्बन्धमा सरकारको समेत प्रतिबद्धता आइसकेको छ । सरकारको पूर्ण सहयोग छ, त्यसैले निर्वाचन सर्छ कि भन्ने आशंका व्यक्त गर्नु जरुरी छैन ।’
उहाँले सर्वोच्च अदालतबाट अहिलेसम्म निर्वाचनलाई असर गर्ने कुनै आदेश नआएको जानकारी दिँदै अदालतले गर्ने आदेशलाई आयोगले सधैँ उच्च सम्मानका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?