क्यानबेर्रा, १० कात्तिक (रासस-सिन्ह्वा) – अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नाबी जोयस संसदमा रहिरहन अयोग्य ठहरिनु भएको छ ।
उहाँसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहिरहन अयोग्य ठहर गरेको हो । अयोग्य ठहरिनु भएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेश्नल पार्टीका नेता हुनुहुन्छ ।
उहाँहरुसँग दोहोरो नागरिकता रहेकाले उहाँहरु सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो ।
अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था छ । जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिनु भएको हो । उहाँहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिईसक्नु भएको थियो ।
जोयस र लुड्लामका बुवा आमा न्युजल्याण्डमा जन्मिएका हुन् । त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मिनु भएको हो भने रोबर्टस् भारतमा जन्मिनु भएको थियो । त्यस्तै वेल्स र उहाँको बुवाको जन्म क्यानडामा भएको हो ।
उहाँहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने