क्यानबेर्रा, १० कात्तिक (रासस-सिन्ह्वा) – अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नाबी जोयस संसदमा रहिरहन अयोग्य ठहरिनु भएको छ ।
उहाँसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहिरहन अयोग्य ठहर गरेको हो । अयोग्य ठहरिनु भएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेश्नल पार्टीका नेता हुनुहुन्छ ।
उहाँहरुसँग दोहोरो नागरिकता रहेकाले उहाँहरु सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो ।
अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था छ । जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिनु भएको हो । उहाँहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिईसक्नु भएको थियो ।
जोयस र लुड्लामका बुवा आमा न्युजल्याण्डमा जन्मिएका हुन् । त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मिनु भएको हो भने रोबर्टस् भारतमा जन्मिनु भएको थियो । त्यस्तै वेल्स र उहाँको बुवाको जन्म क्यानडामा भएको हो ।
उहाँहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा