लन्डन । लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इनमा गत सोमबार बेलायतीहरु भिन्न रुपमा देखिए । बेलायती महिला स्कार्फ र टिका (बिन्दी) अनि पुरुषहरुले ढाका टोपी र खादामा सजिएर नेपाली परम्परागत शैलीमा तिहार मनाए ।
एभरेष्ट इन रेष्टुरेन्टले विदेशीलाई दोश्रो ठूलो नेपाली पर्व तिहार अवगत गराउन, नेपाली खानाको स्वाद चखाउन र न्यानो आतिथ्य प्रदर्शन गर्न एउटा भिन्न माहोल जुराएको थियो ।
कार्यक्रममा सहभागी सबै बेलायती परम्परागत नेपाली पहिरनमा सजिएर नेपाली गीत संगीत अनि खानामा घण्टौं रमाए । ‘नेपाली कला संस्कृतिबारे अवगत गराउन र पर्यटन प्रवर्धन नै मुख्य उद्देश्य थियो’, एभरेष्ट इन रेष्टुरेन्टका निर्देशक यादव भण्डारी भन्दै थिए ।
कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी, लुइसम काउन्सिलका डिष्ट्रिक्ट चिअर काउन्सिलर ओबाजिमी, साउथ इष्ट लन्डन चेम्बर अफ कमर्स आवद्ध हेलेन मेकान्टोस लगायतले नेपालको सांस्कृतिक विविधताबारे खुबै प्रशंसा गरे । डिष्ट्रिक्ट चिअर ओबाजिमी र हेलेनले नेपाल भ्रमणको चाहना समेत व्यक्त गरेका थिए ।
शुभकामना मन्तव्यका क्रममा राजदूत सुवेदीले भण्डारी दाजुभाईले बेलायत बसेर नेपालको राजदूतका रुपमा काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले नेपाल मनोरम प्राकृतिक दृश्य र विविध संस्कृतिले भरिएको देश भएको बताउंदै नेपालीले पाहुनालाई भगवान सरह सत्कार गर्ने अवगत गराए ।
कार्यक्रममा नेपाली संस्कृति झल्कने विविध नाच समेत प्रस्तुत गरिएको थियो ।
एभरेष्ट इनका सञ्चालकद्वय पशुपति भण्डारी र यादव भण्डारीले नेपालको कला संस्कृति जगेर्ना र पर्यटन प्रवर्धनका लागि आफ्नै प्रयत्नमा यस्ता कार्यक्रम नियमित गर्दै आएका छन् । पशुपति भण्डारी नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पनि हुन् ।
तस्विरहरु- Warren King
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै