इश्लामावाद, पाकिस्तान, ९ कात्तिक (रासस-एएफ्पी) – पाकिस्तानी एक अदालतले बिहीबार पूर्व प्रधानमन्त्री नवाज सरीफ विरुद्ध पक्राउ आदेश जारी गरेको छ । अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को बर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाव सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ ।
सरीफका पक्षमा वकालत गरेका कानूनविद् जाफिर खानले एएफ्पीलाई दिएको जानकारी अनुसार पाकिस्तानको अदालतले पूर्व प्रधानमन्त्री सरीफलाई जमानतमा छोड्न सकिने गरी भ्रष्टाचार सम्बन्धि विभिन्न दुई मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ ।
गत जुलाईमा पाकिस्तानको ७० बर्षको इतिहासमा कार्यकाल पुग्नु अगावै पदच्युत हुने १५ औँ प्रधानमन्त्रीका रूपमा सरीफलाई अदालतको आदेशमा उहाँमाथि लागेको भ्रष्टाचार आरोपमा हटाइएको थियो । भ्रष्टाचार आरोप लागेका प्रधानमन्त्री सरीफले प्रधानमन्त्री रहन पदीय मर्यादाले नदिने भन्दै उहाँलाई अदालतले सत्ता छोड्न र अनुसन्धान प्रक्रियामा आउन आदेश दिएको थियो ।
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी