बैंकक, ९ कात्तिक (रासस-सिन्ह्वा) – गत वर्ष निधन भएका थाईल्याण्डका नरेशको बिहीबार अन्त्येष्टि गरिएको छ ।
सात दशकसम्म गद्दीमा रहनु भएका नरेश भूमीबोलको गत वर्ष अक्टोबरमा ८८ वर्षका उमेरमा निधन भएको थियो । अन्त्येष्टि समारोहमा लाखौँ जनता सहभागी भएर स्वर्गीय नरेश भूमीबोल अदुल्यादेजप्रति अन्तिम श्रद्धान्जलि व्यक्त गरेका छन् ।
दाहसंस्कारस्थल तर्फ लैजाँदै गर्दा हजारौँ थाई नागरिकहरुले सडकहरुको दुवैपट्टिबाट दिवंगत नरेशप्रति श्रद्धान्जलि दिएका थिए ।
शाही संस्कारअनुसार उहाँको दाहसंस्कार गरिएको थाईल्याण्डका सञ्चार माध्यमले जनाएका छन् । शवयात्रा गर्नुअघि शाही दरबारमा श्रृंखलाबद्ध रुपमा शाही संस्कार अनुसारका विभिन्न धार्मिक संस्कारहरु गरिएको थियो ।
स्व राजा भुमीबोललाई आधुनिक थाइल्याण्डका निर्माता पनि मानिने भएकाले उहाँप्रति जनताको उच्च सम्मान रहेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा