काठमाडौँ, ८ कात्तिक (रासस) – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय कँग्रेस सफलतापूर्वक सम्पन्न भएकामा र पार्टी महासचिव पदमा पुनःनिर्वाचित हुनुभएकामा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङलाई आज बधाई ज्ञापन गर्नुभएको छ ।
बधाई सन्देशमा प्रधानमन्त्री देउवाले सिको महासचिव पदमा दोस्रो पटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उहाँको गतिशील नेतृत्वप्रति दर्शाएको ठूलो विश्वासको संकेत हो भन्नुभएको छ ।
चिनियाँ जनताको सामाजिक-आर्थिक तथा प्रविधिगत विकास र जीवनस्तर सुधारमा चीनले अभूतपूर्व प्रगति हासिल गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले ‘सम्पूर्ण मानवका लागि साझा गन्तव्य पछ्याएका विश्व समुदाय’ र आर्थिक समृद्धिका लागि राष्ट्रहरुबीच बृहत्तर सहयोगबारेको चिनियाँ नेता सिको दृष्टिकोणको सराहना गर्नुभएको छ ।
आउँदा दिन नेपाल-चीन द्विपक्षीय सम्बन्ध विविध पक्षबाट झागिँदै जाने र नयाँ उचाइमा पुग्ने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा