काठमाडौँ, ८ कात्तिक (रासस) – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय कँग्रेस सफलतापूर्वक सम्पन्न भएकामा र पार्टी महासचिव पदमा पुनःनिर्वाचित हुनुभएकामा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङलाई आज बधाई ज्ञापन गर्नुभएको छ ।
बधाई सन्देशमा प्रधानमन्त्री देउवाले सिको महासचिव पदमा दोस्रो पटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उहाँको गतिशील नेतृत्वप्रति दर्शाएको ठूलो विश्वासको संकेत हो भन्नुभएको छ ।
चिनियाँ जनताको सामाजिक-आर्थिक तथा प्रविधिगत विकास र जीवनस्तर सुधारमा चीनले अभूतपूर्व प्रगति हासिल गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले ‘सम्पूर्ण मानवका लागि साझा गन्तव्य पछ्याएका विश्व समुदाय’ र आर्थिक समृद्धिका लागि राष्ट्रहरुबीच बृहत्तर सहयोगबारेको चिनियाँ नेता सिको दृष्टिकोणको सराहना गर्नुभएको छ ।
आउँदा दिन नेपाल-चीन द्विपक्षीय सम्बन्ध विविध पक्षबाट झागिँदै जाने र नयाँ उचाइमा पुग्ने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा