काठमाण्डौं, ७ कात्तिक (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाले तोकिएको मितिमा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।
अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाकाअनुसार माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु विनाविभागीय भएपछिको अवस्थाको बारेमा समेत कुराकानी भएको थियो ।
अध्यक्ष दाहालले सरकारका सहभागी आफ्नो पार्टीका मन्त्रीले पद छाडिदिने जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो । ‘सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य हाम्रो छैन, निर्वाचनको सुनिश्चितता नै प्रमुख प्रश्न हो हामी त्यसमा प्रतिबद्ध छौँ’–प्रधानमन्त्रीसँग अध्यक्ष दाहालले भन्नुभएको कुरा उद्धृत गर्दै प्रेस संयोजक तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले निर्वाचनको विषयमा कुनै पनि दुविधा नराख्न आग्रह गर्नुभएको थियो । यस्तै सो अवसरमा निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित बनाएर लैजान सबै पक्ष मिलेर जाने विषयमा समेत छलफल भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा