
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय गोरखामा उम्मेदवारी दर्ता गरेपछि नेकपा माओवादी, नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी नेता नारायणकाजी श्रेष्ठ, हरि अधिकारी लगायत नेताहरु । तस्बिर – प्रशन्न पोखरेल, गोरखा, रासस
काठमाडौँ, ५ कात्तिक (रासस) – निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ ।
निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच पारस्परिक सहयोग र हार्दिकताका साथ उम्मेदवारी दर्ता भएको बताउनुभयो ।
नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न संसद् गठनका लागि भएको निर्वाचन आफैंमा पनि ऐतिहासिक रहेको बताउँदै उहाँले आजको उम्मेदवारी मनोनयन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण भएको उल्लेख गर्नुभयो ।

आगामी मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आइतबार मनोनयन दर्ता गर्न जाँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बाम गठबन्धनका उम्मेदवारहरु । तस्बिर- नवदीप श्रेष्ठ, नुवाकोट, रासस
निर्वाचन आयोगमा प्राप्त प्रारम्भिक सूचनाअनुसार ४५० भन्दाबढी मनोनयन दर्ता भएको सो अवसरमा जानकारी दिइयो ।
प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि आज बिहान १० बजेदेखि अपराह्न ५.०० बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था गरिएको थियो ।
उम्मेदवारी दर्ता गर्न आज ५.०० बजेभित्र सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आउनुभएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्नुहुनेछ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय गोरखामा उम्मेदवारी दर्ता गरेपछि नेपाली काँग्रेस, नयाँ शक्ति र राप्रपाको तालमेलमा उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसहित नेताहरु । तस्बिर – प्रशन्न पोखरेल, गोरखा, रासस
आजको उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी २०७४ कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा