लन्डन । सोसाइटी अफ नेप्लिज प्रोफेशनल यूकेले गत आइतबार लन्डनको वेलिंगमा एक शैक्षिक अन्तरक्रिया गरेको छ ।
उच्च दक्ष वुद्धिजिवीहरु सम्मिलित उक्त संस्थाले अक्सफोर्ड र क्याम्ब्रीज विश्व विद्यालयबाट स्नातक तहको अध्ययन पुरा गरि सकेका चार विद्यार्थीहरुसंग नेपाली अभिभावक तथा विद्यार्थीहरुमाझ अन्तरक्रिया गराएको हो ।
नेपाली विद्यार्थीको कमै पहुंच पुग्ने अक्सफोर्ड र क्याम्ब्रीज विश्व विद्यालयमा अध्ययन गरेका विद्यार्थीबाट अनुभव साटासाट गर्न र नेपाली विद्यार्थीलाई पनि कसरी ति विश्वविद्यालयमा पढ्ने वातावरण दिलाउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा क्याम्ब्रीज विश्वविद्यालयकी फ्रेया पेरी र स्यामुयल हयुज तथा अक्सफोर्ड विश्वविद्यालयकी फ्रान्सेस्का आर्दिनी र टमस हयुजले भर्ना प्रक्रिया, अन्तरवार्ता तयारी, अध्ययन सामाग्री, व्यक्तिगत विवरण, लेख (एस्से तयारी, लेखन), अभिभावकको भूमिका आदि विषयमा आ आफ्नो अनुभव बताएका थिए ।
आयोजक सोसाइटी अफ नेप्लिज प्रोफेशनल यूकेका अध्यक्ष डा. तेजेन्द्र फेरालीले चार तहमा विभिन्न प्रश्न सोधेर श्रोत व्यक्तिहरुको जानकारी तथा अनुभवलाई उपस्थित सहभागीबीच पुरयाउने भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा प्रश्नोत्तर तथा समूहगत छलफल समेत राखिएकाले सहभागी अभिभावक तथा विद्यार्थीहरुले बिना संकोच जानकारी लिएका थिए । वक्ताहरुले बालबालिका देखि किशोर किशोरी विद्यार्थीहरुका जिज्ञासा मेटाएका थिए ।
कार्यक्रममा सह आयोजक नेप्लिज युथ नेटवर्कका प्रतिनिधिहरुले वक्ताहरुको परिचय गराएका थिए भने संस्थाका सचिव लेखनाथ खरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
वक्ताहरुलाई संस्थाका अध्यक्ष डा. फेरालीले खादा ओढाउंदै प्रशंसा पत्र तथा उपहार स्वरुप कुपन प्रदान गरेका थिए ।
कार्यक्रममा सहभागी एकजना अभिभावक चरण सेनले यस्ता कार्यक्रमले हाल बेलायतमा पढिरहेका नेपाली विद्यार्थीहरुको मनोबल बढ्ने बताए । ‘हाम्रा छोराछोरीहरु पढाइमा कोही भन्दा कम छैनन्, तर उनीहरुलाई सही सूचना, सुझाव र ‘मेन्टरिङ’ को खांचो छ । यो अन्तरक्रियाले विद्यार्थीहरुलाई राम्रो प्राप्तांकमात्रै हैन, कुनै पनि विषय किन र के का लागि पढ्ने र त्यसकालागि भित्री इच्छा तथा उत्प्रेरणा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ’, उनले भने ।
संस्थाका उपाध्यक्ष दीप गिरीले बेलायतमा धेरै नेपाली संस्था भएपनि आफ्ना छोराछोरीको भविष्य निर्माण गर्ने खालका कार्यक्रम कसैले आयोजना गरेको थाहा नभएको बताउंदै सन्तानकै लागि मातृभूमि छोडेर आएपछि तिनीहरुको उच्च शिक्षा अक्सफोर्ड र क्याम्ब्रीज जस्ता विश्वविद्यालयमा गर्न पाउने अवसर कसरी प्रदान गर्न सकिन्छ भन्ने जानकारी आफ्नो संस्थाले दिन सकेकोमा खुशी व्यक्त गरे । गिरीले आगामी दिनमा अझ व्यापक सहभागितामा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी पनि दिए ।
कार्यक्रमको अन्त्यमा नेपाली खानाको स्वादमा रमाउंदै वक्ता तथा सहभागीहरु विदा भएका थिए ।
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न