
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नयाँ वर्ष ११३८ को अवसरमा मध्यपुरथिमि शंखधर चोकमा नेपाल संवत्का प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिर – रत्न श्रेष्ठ, रासस
भक्तपुर, ३ कात्तिक (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताउनुभएको छ ।
मध्यपुरथिमिस्थित शंखधर चोकमा आज राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवत्का प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो ‘हामी संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकाल अन्त्य गर्ने चरणमा आएका छौं, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेर यसलाई पूरा गर्न सक्छौं, त्यसैले निर्वाचन सफल पार्न सबैको सहयोग रहने विश्वास लिएका छौं ।’
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा लाग्न प्रेरणा दिने नेपाल संवत्का प्रवर्धक साख्वाको योगदानको चर्चा गर्दै उहाँले नेपाली जनतालाई समानताको व्यवहार गर्ने साख्वाले चलाएको यो संवत् नेपालीको मौलिक संवत् भएको पनि बताउनुभयो ।

नेपाल संवत ११३८ को अवसरमा एमाले भक्तपुर नगर संगठन कमिटिले शुक्रबार आयोजना गरेको भिन्तुना पदयात्राका सहभागिहरु । तस्बिर – रमेश गिरी, भक्तपुर, रासस
प्रधानमन्त्री देउवाले शंखधर बुलेटिन विमोचन गर्नुका साथै नरेन्द्रभक्त हाडा र देवेन्द्रकुमार मल्ललाई सम्मान गर्नुभएको थियो । त्यसैगरी प्रतिष्ठानले गोरखा र दोलखाका चरिकोटमा शंखधर साख्वाको सालिक स्थापना गर्नका लागि ती सालिक हस्तान्तरण गर्नुभयो ।
रक्षामन्त्री भीमसेनदास प्रधानले साख्वाका बारेमा पाठ्यक्रममा समावेश गर्न र आसन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, एमालेका कृष्णगोपाल श्रेष्ठ, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्य, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका पूर्व अध्यक्ष मदनकृष्ण श्रेष्ठ, उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
विभिन्न झाँकी तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरले देशको सबै जिल्लामा शंखधर साख्वाको सालिक स्थापना गरिने जानकारी दिनुभयो ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न