काठमाडौँ, १ कात्तिक (रासस) – राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न संघ र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको परिषद्को बैठक आगामी मंसिर १० र २१ गतेका लागि निर्धारित निर्वाचनको सुरक्षामा केन्द्रित रहेको रक्षामन्त्री भीमसेनदास प्रधानले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा प्रयोग गरिएको सुरक्षा विधिलाई अबको चुनावमा पनि प्रयोग गरिने भएको छ ।
बैठकमा देशभरको सुरक्षा अवस्था र सम्भावित सुरक्षा चुनौतीका बारेमा समेत छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री प्रधान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको उपस्थिति थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ