
त्रिवि शिक्षण अस्पतालमा १४ दिनदेखि १३ औँ अनशन बसिरहनु भएका प्रा डा गोविन्द केसीसँग बुधबार भेट गर्नुहुँदै स्वास्थ्यमन्त्री दीपक बोहरा । तस्बिर – कल्पना पौडेल, रासस
काठमाडौँ, १ कात्तिक (रासस) – सरकारसँग १० बुँदे सहमतिपछि प्राडा गोविन्द केसीले १४ दिनदेखिको अनशन आज अन्त्य गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र केसी पक्षबीच भएको वार्तामा आगामी कात्तिक ६ गते मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन जारी गर्नेलगायतका १० बुँदे सहमति भएपछि डा केसीले अनशन अन्त्य गर्नुभएको हो ।
शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य मन्त्री दीपक बोहोरा, स्वास्थ्य सचिव डा किरण रेग्मी, प्रधानमन्त्री कार्यलयका सचिव महिन्द्रप्रसाद उपाध्याय, चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठ, वरिष्ठ अधिवक्ता ओमप्रकाश शर्मालगायतको रोहवरमा १० वर्षे बालिका रोजिना तामाङको हातबाट महपानी खाएर डा केसीले अनशन तोड्नुभयो ।
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउने प्रस्ताव राखेपछि दिउँसो प्रधानमन्त्री, शिक्षामन्त्री, पूर्वमन्त्री थापा, प्रा केदारभक्त माथेमा, डा केसीका तर्फबाट डा अभिषेकराज सिंहलगायतको प्रधानमन्त्री निवासमा बैठक बसेको थियो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्नुअघि डा केसीले प्रम देउवासँग टेलिफोन वार्ता गर्दै कात्तिक ६ गते सहमति कार्यान्वयन नभए ७ गते पुनः अनशन बस्ने चेतावनी दिनुभएको थियो । प्रधानमन्त्री देउवाले यसपटक सहमति कार्यान्वयन हुने विश्वास दिलाउनुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा