
प्रधानमन्त्री शेरबहादुर देउवा गैह्र आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, ३१ असोज (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न गैह्रआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।
गैह्र आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको यहाँ आज आयोजित समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले लगानीमैत्री वातावरणका लागि विद्यमान ऐन, नियम परिवर्तन गरेकाले बिना हिचकिचाहट लगानीका लागि मुलुकको समृद्धिमा सहयोग पुरयाउन आग्रह गर्नुभएको हो ।
उहाँले आर्थिक विकासको प्रमुख आधार विप्रेषण भएकाले वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउन हरसम्भव प्रयास गरिने पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नेपालको जलविद्युत्, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न सकिने भन्दै गैह्र आवासीय नेपालीको भूमिकाकै कारण संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले प्रतिनिधित्व गर्न सकेको स्मरण गर्नुभयो ।
उहाँले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि मुलुकले समृद्धिको बाटो लिने अपेक्षा व्यक्त गर्नुभयो ।
संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्षहरु देवमान हीराचन, जीवा लामिछाने, शेष घले र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले गैह्र आवासीय नेपालीले नेपालको समृद्धिमा देखाएको हातेमालेको स्मरण गर्दै यसमा सरकारबाट सहजीकरण हुनुपर्नेमा जोड दिनुभयो ।
संघको सो सम्मेलनले भवन भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय