एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्ट, तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाण्डौं, ३१ असोज – गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । काठमाण्डौंमा सोमबार राती सम्पन्न मतगणनामा भट्टले अर्की प्रतिष्पर्धी जमुना गुरुङलाई हराएका हुन् । भट्टले ११९७ मत ल्याए भने जमुनाको जम्मा ५८४ मत आयो।

वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती गुरुङ र भट्ट समूहबीच रातभर सहमतिका लागि प्रयास भए पनि टुंगोमा पुग्न सकेको थिएन । अध्यक्षका अर्का दाबेदार टिबी कार्कीले अन्तिम समयमा उम्मेदवारी नै दर्ता नगराएपछि भट्ट र गुरुङ प्रतिष्पर्धामा थिए ।

भट्टले एनआरएनए जापानको अध्यक्ष, एनआरएनए अन्तर्राष्ट्रिय परिषद्को कोषाध्यक्ष र दुई पटक केन्द्रिय उपाध्यक्ष भएर काम गरिसकेका थिए । सन् २००३ मा सम्पन्न एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै संस्थामा सक्रिय भट्टले २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिको सदस्यका रुपमा काम गर्न थालेका थिए ।

अध्यक्ष निर्वाचित भएपछि आफ्नो कार्यकालमा एनआरएनका लागि नयां युगको शुरुवात गर्ने उनको लक्ष्य छ । एनआरएनको सदस्य संख्या दोब्बर बनाउने, महिला, युवा विभागलाई थप सशक्त बनाउने, नेपालमा एनआरएन र विदेशी लगानीका लागि उचित वातावरण बनाउन प्रयास गर्ने तथा त्यसका लागि सरकारलाई दबाब दिनेलगायत उनका योजना छन् ।

एनआरएनए निर्वाचन समितिका भनाइमा १८५४ जना मतदाता थिए जसमा १७८८ मत खसेको थियो ।

उपाध्यक्षमा कुमारप्रसाद पन्त र कुल आचार्य, महासचिवमा डा. बद्री केसी, कोषाध्यक्ष हिक्मतबहादुर थापा, सह-कोषाध्यक्ष सोमनाथ सापकोटा, महिला उपाध्यक्षमा सपिला राजभण्डारी, सचिवमा डिबी क्षेत्री र जानकी गुरुङ, युवा संयोजक सुदन थापा र महिला संयोजकमा रजनी प्रधान निर्वाचित भएका छन् ।

काठमाडौँमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनबाट अध्यक्षमा विजयी भवन भट्ट । तस्वीर – नवीन पौडेल, रासस

को हुन् अध्यक्ष भट्ट ?

अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखा जिल्ला स्थायी घर भएका भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित छन् ।

अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उनको पहिचान बनेको छ । जापान गएपछि सुरुवाती चरणमा रेस्टुरांमा भांडा माझ्ने काम गरेका भट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुरां सञ्चालनमा छन् ।

राससका अनुसार, उनका रेस्टुरांमा अहिले पांच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी जापान गएका थिए ।

उनले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गरिसकेका छन् ।

‘कारोबार’ दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाण्डौं हेटौंडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उनको लगानी छ ।

यस्तो छ नयां नेतृत्व (पूर्ण कार्यसमिति र प्राप्त मत संख्या)

१. अध्यक्ष भवन भट्ट (११९७ मत प्राप्त)
२. उपाध्यक्ष कुमार प्रसाद पन्त (१०३० मत)
३. उपाध्यक्ष कुल आचार्य (६४४ मत)
४. महिला उपाध्यक्ष सपिला राजभण्डारी (१०५४ मत)
५. महासचिव डा. बद्री केसी ७६७ मत
६. सचिव डबर बहादुर क्षेत्री (डिबी) ६८६ मत
७. सचिव जानकी गुरुङ ६५५ मत
८. कोषाध्यक्ष हिक्मत बहादुर थापा १०३८ मत
९. सहकोषाध्यक्ष सोमनाथ सापकोटा १०३४ मत
१०. महिला संयोजक रजनी प्रधान ९८२ मत
११. युवा संयोजक सुदन थापा ४९७ मत
१२. क्षेत्रीय संयोजक (अफ्रिका) सुनिल कार्की (निर्विरोध निर्वाचित)
१३. क्षेत्रीय उपसंयोजक (अफ्रिका) डा. भुवनप्रसाद ढकाल (निर्विरोध निर्वाचित)
१४. क्षेत्रीय उपसंयोजक (अफ्रिका) शिवप्रसाद शर्मा पौडेल (निर्विरोध निर्वाचित)
१५. क्षेत्रीय महिला उपसंयोजक (अफ्रिका) मनकला विष्ट थापा (निर्विरोध निर्वाचित)
१६. क्षेत्रीय युवा उपसंयोजक (अफ्रिका) बाबुराम लुईंटेल शर्मा (निर्विरोध निर्वाचित)
१७. क्षेत्रीय संयोजक (एसिया प्रशान्त) किरणविक्रम थापा १२९ मत
१८. क्षेत्रीय उपसंयोजक (एसिया प्रशान्त) विनोद कुंवर १४५ मत
१९. क्षेत्रीय उपसंयोजक (एसिया प्रशान्त) पारसमणि पोखरेल १५३ मत
२०. क्षेत्रीय महिला उपसंयोजक (एसिया प्रशान्त) जुनुमाया गुरुङ -(निर्विरोध निर्वाचित)
२१. क्षेत्रीय युवा उपसंयोजक (एसिया प्रशान्त) उम्मेदवारी नपरेको
२२. क्षेत्रीय संयोजक (अमेरिकाज) गौरीराज जोशी ११८ मत
२३. क्षेत्रीय उपसंयोजक (अमेरिकाज) नवीन शेरचन ७५ मत
२४. क्षेत्रीय महिला उपसंयोजक (अमेरिकाज) संगीता लम्साल शिवाकोटी (निर्विरोध निर्वाचित)
२५. क्षेत्रीय युवा उपसंयोजक (अमेरिकाज) डा. वर्षा मोक्तान (निर्विरोध निर्वाचित)
२६. क्षेत्रीय संयोजक (मध्यपूर्व) राजेन्द्रकुमार (आर के) शर्मा २६९ मत
२७. क्षेत्रीय उपसंयोजक (मध्यपूर्व) गोपालप्रसाद कंडेल (निर्विरोध निर्वाचित)
२८. क्षेत्रीय उपसंयोजक (मध्यपूर्व) प्रवीण गुरुङ (निर्विरोध निर्वाचित)
२९. क्षेत्रीय महिला उपसंयोजक (मध्यपूर्व) यासमीन बेगम (सैयद) निर्विरोध निर्वाचित
३०. क्षेत्रीय युवा उपसंयोजक (मध्यपूर्व) राजकुमार बस्नेत (निर्विरोध निर्वाचित)
३१. क्षेत्रीय संयोजक (ओसेनिया) धर्मराज अधिकारी ८४ मत
३२. क्षेत्रीय उपसंयोजक (ओसेनिया) इश्वर चन्द्र कुईंकेल र लोकनाथ पौडेल मत बराबर (८१)
३३. क्षेत्रीय महिला उपसंयोजक (ओसेनिया) प्रीति शर्मा ८९ मत
३४. क्षेत्रीय युवा उपसंयोजक (ओसेनिया) ऋषिराम आचार्य १०४ मत
३५. क्षेत्रीय संयोजक (युरोप) शिव बरुवाल १४२ मत
३६. क्षेत्रीय उपसंयोजक (युरोप) एकराज गिरी १४४ मत
३७. क्षेत्रीय उपसंयोजक (युरोप) गोविन्दप्रसाद गौतम २०४ मत
३८. क्षेत्रीय महिला उपसंयोजक (युरोप) संगीता मरहट्ठा शर्मा ३११ मत
३९. क्षेत्रीय युवा उपसंयोजक (युरोप) जयकृष्ण ठाकुर (निर्विरोध निर्वाचित)

प्रतिक्रिया

सम्बन्धित सामाग्री