
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आइतबार विभिन्न १० विधेयक प्रमाणीकरण गर्नुहुँदै । तस्बिर – सौजन्य–राष्ट्रपतिको कार्यालय, रासस
काठमाडौँ, २९ असोज (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४, स्थानीय सरकार सञ्चालन विधेयक, २०७४, थारु आयोग विधेयक, २०७४, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४, राष्ट्रिय महिला आयोग विधेयक, २०७४, मुस्लिम आयोग विधेयक, २०७४, कर्मचारी समायोजन विधेयक, २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ पनि प्रमाणीकरण गर्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा