
राष्ट्रपतिसँग निर्वाचन आयोगका पदाधिकारीको भेट
काठमाडौँ, २८ असोज (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवन शीतलनिवासमा निर्वाचन आयोगका पदाधिकारीले भेट गर्नुभएको छ ।
भेटका अवसरमा राष्ट्रपति भण्डारीले राजनीतिक वातावरण आफ्नो हिसाबले चलायमान हुने हुँदा त्यसप्रति नअलमलिई निर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न निर्वाचन आयोगका पदाधिकारीलाई सुझाव दिनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आयोगले गरेको तयारीबारे जानकारी हासिल गर्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न शुभकामना दिनुभएको थियो ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मिति प्राप्त भएपछि निर्वाचनसम्बन्धी आवश्यक नियमावली, निर्देशिका एवं कार्यविधिहरू तयार गरिएको, निर्वाचन सामग्रीको व्यवस्थापन कार्य तदारुकताका साथ भइरहेको जानकारी गराउनुभएको थियो ।
भेटमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी पौड्याल र सुधीरकुमार शाह तथा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सहमतिको एनआरएनए विशेष महाधिवेशन महासचिव शर्मा र सचिव जोशीको भूमिकाले विवादमा
- विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापनपक्षद्वारा सहमतिको उल्लङ्घन
- बेलायतमा अफ्रिकाका नयाँ भेरियन्टका ७७ संक्रमित फेला परे
- कोरोना विरुद्धको खोप अभियान १४ माघमा प्रधानमन्त्री ओलीले शुभारम्भ गर्ने
- भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति