लन्डन । नेपालका श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरलाई बेलायतको अक्सफोर्ड युनिभर्सिटीले मानार्थ डिग्री दिने भएपछि उनी बेलायत आउंदा उक्त युनिभर्सिटीलाई के उपहार ल्याउने द्विविधामा परे । उपहार दिनेबारे छलफल हुंदाहुंदै बनारसका एकजनाले आफ्नो पुस्तकालय नै विक्री गर्न खोजेको चन्द्र शमशेरले चाल पाए । उनले उक्त पुस्तकालयका सबै पुस्तक खरिद गरि अक्सफोर्ड पठाए । चन्द्र शमशेरले पठाएका ३ हजार भन्दा बढि किताब थपिएपछि अक्सफोर्डको लाइब्रेरी युरोपमै संस्कृतका पुस्तकहरुको सबैभन्दा ठूलो संग्रहालय बन्यो ।

कलकत्तामा पढेका चन्द्र शमशेरको अंग्रेजी भाषामा राम्रो दख्खल थियो । भारतमा रहेका बेलायती गभर्नरले लेखेका चिठ्ठीमा केहि चित्त नबुझे तुरुन्त प्रतिवाद गर्दथे उनी । बेलायती साम्राज्यसंग उनको निकै घनिष्ट सम्बन्ध थियो । सुगौली सन्धिबाट आक्रोशित नेपालीको बेलायतसंग शुरुका दिन राम्रो सम्बन्ध हुन सकेन । यही सन्धिको एक प्रावधान अनुरुप बेलायतको दूतावास काठमाण्डौंमा राखिनुपर्ने थियो । तत्कालिन नेपालका शासकहरुले शहरको बाहिरी भागमा पर्ने लैनचौरमा बेलायती दूतावास खोल्न जग्गा उपलब्ध गराए । बेलायती दूतको बसाइले संशकित नेपालले लैनचौर नजिक सैनिक ब्यारेक समेत राखेको थियो ।
सन् १८२९ देखि १८३१ सम्म नेपालमा ब्रिटिश रेजिडेन्टको रुपमा बसेका ब्रायन हडसनले दुई देशबीच सम्बन्ध सुधारकालागि पहल गर्नुकासाथै बुद्ध धर्म सम्बन्धि पुस्तक, कयौं लेखहरु संकलन गरि बेलायत, फ्रान्स लगायत विभिन्न ठाउंमा पठाए । भारतमा मुगल साम्राज्य आएपछि धेरै बुद्ध तथा हिन्दू धर्म ग्रन्थहरुको विनाश गरियो । धेरै मानिस भारतबाट नेपाल जान वाध्य भए । शरणार्थी भएर गएका धेरै मानिसले बुद्ध धर्मबारे कैयौं पुस्तकहरु आफू साथ लिएर गए । यसरी लेखिएका सबै बुद्ध धर्मका पुस्तकहरु संस्कृत भाषामा थिए ।
बिहीबार सांझ लन्डनस्थित दूतावासमा बुद्ध धर्मका तीनसय भन्दा बढी पुस्तक बेलायती दूतले संकलन गरेको तथ्य देखि बेलायत नेपाल मित्रता अनि सांस्कृतिक सम्वन्धका अनेक प्रसंग सुनाउंदै थिए इतिहासविद एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. शंकर थापा ।
ब्रिटेन नेपाल सोसाइटी र नेपाली दूतावासद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा बेलायत नेपाल सांस्कृतिक सम्वन्धबारे वक्ताहरुले चर्चा गरे । कार्यक्रमका अर्का वक्ता पूर्व प्रधानमन्त्री केपी ओलीका सल्लाहकार इन्द्रप्रसाद भण्डारीले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै बेलायत नेपालबीचको ऐतिहासिक तथ्यमाथि प्रकाश पारे । उनले अंग्रेजी साहित्यबाट नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, कवि गोपालप्रसाद रिमाल आदि प्रभावित भएको बताए । प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणबाट बेलायती कलाको प्रभाव नेपालमा परेको तथ्य उजागार गर्दै उनले नेपालका कयौं दरबार निर्माणमा बेलायती भवनको सिको गरिएको समेत उल्लेख गरे ।
कार्यक्रममा प्रमुख अतिथी फिल्ड मार्सल सर जोन च्यापल, राजदूत दुर्गाबहादुर सुवेदी र ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष रोजर पटरले पनि आ आफ्नो धारणा राखेका थिए । उक्त अवसरमा राजदूत सुवेदीद्वारा लिखित ‘बेलायत नेपाल सम्वन्धको दुई शताब्दी’ नामक कृति विमोचन गरिएको थियो भने तीन वटा नेपाली नृत्य समेत प्रस्तुत गरिएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता