लन्डन । नेपालका श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरलाई बेलायतको अक्सफोर्ड युनिभर्सिटीले मानार्थ डिग्री दिने भएपछि उनी बेलायत आउंदा उक्त युनिभर्सिटीलाई के उपहार ल्याउने द्विविधामा परे । उपहार दिनेबारे छलफल हुंदाहुंदै बनारसका एकजनाले आफ्नो पुस्तकालय नै विक्री गर्न खोजेको चन्द्र शमशेरले चाल पाए । उनले उक्त पुस्तकालयका सबै पुस्तक खरिद गरि अक्सफोर्ड पठाए । चन्द्र शमशेरले पठाएका ३ हजार भन्दा बढि किताब थपिएपछि अक्सफोर्डको लाइब्रेरी युरोपमै संस्कृतका पुस्तकहरुको सबैभन्दा ठूलो संग्रहालय बन्यो ।

कलकत्तामा पढेका चन्द्र शमशेरको अंग्रेजी भाषामा राम्रो दख्खल थियो । भारतमा रहेका बेलायती गभर्नरले लेखेका चिठ्ठीमा केहि चित्त नबुझे तुरुन्त प्रतिवाद गर्दथे उनी । बेलायती साम्राज्यसंग उनको निकै घनिष्ट सम्बन्ध थियो । सुगौली सन्धिबाट आक्रोशित नेपालीको बेलायतसंग शुरुका दिन राम्रो सम्बन्ध हुन सकेन । यही सन्धिको एक प्रावधान अनुरुप बेलायतको दूतावास काठमाण्डौंमा राखिनुपर्ने थियो । तत्कालिन नेपालका शासकहरुले शहरको बाहिरी भागमा पर्ने लैनचौरमा बेलायती दूतावास खोल्न जग्गा उपलब्ध गराए । बेलायती दूतको बसाइले संशकित नेपालले लैनचौर नजिक सैनिक ब्यारेक समेत राखेको थियो ।
सन् १८२९ देखि १८३१ सम्म नेपालमा ब्रिटिश रेजिडेन्टको रुपमा बसेका ब्रायन हडसनले दुई देशबीच सम्बन्ध सुधारकालागि पहल गर्नुकासाथै बुद्ध धर्म सम्बन्धि पुस्तक, कयौं लेखहरु संकलन गरि बेलायत, फ्रान्स लगायत विभिन्न ठाउंमा पठाए । भारतमा मुगल साम्राज्य आएपछि धेरै बुद्ध तथा हिन्दू धर्म ग्रन्थहरुको विनाश गरियो । धेरै मानिस भारतबाट नेपाल जान वाध्य भए । शरणार्थी भएर गएका धेरै मानिसले बुद्ध धर्मबारे कैयौं पुस्तकहरु आफू साथ लिएर गए । यसरी लेखिएका सबै बुद्ध धर्मका पुस्तकहरु संस्कृत भाषामा थिए ।
बिहीबार सांझ लन्डनस्थित दूतावासमा बुद्ध धर्मका तीनसय भन्दा बढी पुस्तक बेलायती दूतले संकलन गरेको तथ्य देखि बेलायत नेपाल मित्रता अनि सांस्कृतिक सम्वन्धका अनेक प्रसंग सुनाउंदै थिए इतिहासविद एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. शंकर थापा ।
ब्रिटेन नेपाल सोसाइटी र नेपाली दूतावासद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा बेलायत नेपाल सांस्कृतिक सम्वन्धबारे वक्ताहरुले चर्चा गरे । कार्यक्रमका अर्का वक्ता पूर्व प्रधानमन्त्री केपी ओलीका सल्लाहकार इन्द्रप्रसाद भण्डारीले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै बेलायत नेपालबीचको ऐतिहासिक तथ्यमाथि प्रकाश पारे । उनले अंग्रेजी साहित्यबाट नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, कवि गोपालप्रसाद रिमाल आदि प्रभावित भएको बताए । प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणबाट बेलायती कलाको प्रभाव नेपालमा परेको तथ्य उजागार गर्दै उनले नेपालका कयौं दरबार निर्माणमा बेलायती भवनको सिको गरिएको समेत उल्लेख गरे ।
कार्यक्रममा प्रमुख अतिथी फिल्ड मार्सल सर जोन च्यापल, राजदूत दुर्गाबहादुर सुवेदी र ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष रोजर पटरले पनि आ आफ्नो धारणा राखेका थिए । उक्त अवसरमा राजदूत सुवेदीद्वारा लिखित ‘बेलायत नेपाल सम्वन्धको दुई शताब्दी’ नामक कृति विमोचन गरिएको थियो भने तीन वटा नेपाली नृत्य समेत प्रस्तुत गरिएका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]