लन्डन । नेपाली चलचित्र ‘लाहुरे’ र ‘लालपूर्जा’ मा प्रमुख भूमिका निर्वाह गरेकी लन्डनवासी नायिका मिरुना थापा मगर पछिल्लो समय विज्ञापनमा समेत देखिएकी छन् । ए-स्टार फाइनान्सियल सोलुसन्स् यूकेको प्रवर्धनात्मक विज्ञापनमा मिरुनाले अभिनय गरेकी हुन् ।
मिरुनाले बेलायतका विभिन्न स्टेज कार्यक्रममा नृत्य गरिसकेकी छन् भने केही म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । सनमकुमार बैरागले उक्त विज्ञापन निर्माण गरेका हुन् । यूकेमा अत्यधिक रुचाइएका दुई नाटक समय दृश्य र जीगिसाका निर्देशक समेत रहेका सनमको कला क्षेत्रमा राम्रो दख्खल छ ।
ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका प्रिन्सिपल तथा नेपाली मुलका पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले बेलायतस्थित नेपाली समुदायसम्म पुगेर सेवा अझ विस्तार गर्न प्रचार प्रसारलाई प्राथमिकता दिइएको जनाए ।
‘हाम्रो सेवाबाट नेपाली समुदाय अझ लाभान्वित होस् भन्ने चाहना हो’, दर्लामीले भने, ‘सामाजिक उत्तरदायित्वलाई पनि कम्पनीले महत्व दिंदै आएको छ ।’
उक्त कम्पनीले बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिसेजहरु प्रदान गरिरहेको छ ।
सन् २०१२ मा स्थापित ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले छोटो समयमै हजारौं ग्राहकको मन जितेको छ ।
ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेमा इण्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामी सहित रमेश सराङकोटी तथा रविन श्रेष्ठ मोर्गेज तथा प्रोटेक्सन एडभाइजर र कुमार गुरुङ प्याराप्लानर अफिस म्यानेजरका रुपमा कार्यरत छन् ।
उक्त कम्पनीले आफ्नो शाखा तथा सम्पर्क कार्यालय वेम्ली लन्डन, आसफोर्ड केन्ट तथा सरेमा समेत विस्तार गरेको छ ।
हेर्नुहोस् विज्ञापन-
https://www.youtube.com/watch?v=FNZKY_8ImaQ
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता