ढाका, २६ असोज (रासस-एएफ्पी) – म्यान्मारबाट बङ्गलादेश छिरेर शरणार्थीका रुपमा रहेका लाखौँ शरणार्थीलाई यहाँ जेलमा जस्तै राखिएको अधिकारवादीहरुले जनाएका छन् ।
बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्गा मुसलमान समुदायका शरणार्थीलाई यस्तो अवस्थामा राखेको समाचार यसअघि पनि आएको थियो ।
उनीहरुलाई शरणार्थी शिवीरमा राखिएको छ भने तोकिएको स्थानबाहेक अन्यत्र हिँडडुल गर्न पनि दिइएको छैन । त्यसैगरी उनीहरुलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनिएको छ ।
बङ्गलादेशमा रहेका करिब पाँच लाख रोहिङ्गा शरणाथीलाई मोबाइल सेवा दिएमा दूर सञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ ।
उनीहरुका लागि आवश्यक खानेपानीका साथै अरु प्रबन्ध आधारभूत सेवाको प्रबन्ध पनि गर्न नसकिएको अधिकारीहरुले जनाएका छन् ।
रोहिङ्गा शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्, सञ्चारमन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिएका छन् ।
बङ्गलादेशको सरकारले सुरक्षाको कारण देखाउदै मोबाइल सेवा उनीहरूलाई नदिन निर्देशन गरेको छ ।
शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने