ढाका, २६ असोज (रासस-एएफ्पी) – म्यान्मारबाट बङ्गलादेश छिरेर शरणार्थीका रुपमा रहेका लाखौँ शरणार्थीलाई यहाँ जेलमा जस्तै राखिएको अधिकारवादीहरुले जनाएका छन् ।
बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्गा मुसलमान समुदायका शरणार्थीलाई यस्तो अवस्थामा राखेको समाचार यसअघि पनि आएको थियो ।
उनीहरुलाई शरणार्थी शिवीरमा राखिएको छ भने तोकिएको स्थानबाहेक अन्यत्र हिँडडुल गर्न पनि दिइएको छैन । त्यसैगरी उनीहरुलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनिएको छ ।
बङ्गलादेशमा रहेका करिब पाँच लाख रोहिङ्गा शरणाथीलाई मोबाइल सेवा दिएमा दूर सञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ ।
उनीहरुका लागि आवश्यक खानेपानीका साथै अरु प्रबन्ध आधारभूत सेवाको प्रबन्ध पनि गर्न नसकिएको अधिकारीहरुले जनाएका छन् ।
रोहिङ्गा शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्, सञ्चारमन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिएका छन् ।
बङ्गलादेशको सरकारले सुरक्षाको कारण देखाउदै मोबाइल सेवा उनीहरूलाई नदिन निर्देशन गरेको छ ।
शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा