
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, २६ असोज (रासस) – नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्ने भएको छ ।
सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् ।
गौचनका काका ओमकार गौचनका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि शव बुझ्न लागिएको बताउनुभयो । यस्तै, गृहमन्त्रीले व्यवसायीको सुरक्षा दिने समेत प्रतिबद्धता जनाउनुभएको थियो ।
महासंघका एसोशियट सदस्य शिवहरि घिमिरेले मृतक गौचनको शवलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखिने बताउनुभयो । “महासंघमा श्रद्धाञ्जलिका लागि राखिएपछि थकाली सेवा समाज बालाजुमा पनि श्रद्धाञ्जलिका लागि राखिनेछ”– सदस्य घिमिरेले भन्नुभयो ।
अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घण्टा काठमाडौँका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले स्वर्गीय गौचनका परिवारसँग भेट गरी समवेदनासमेत प्रकट गर्नुभएको थियो ।
स्व गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, शुभेच्छुक तथा आफन्तहरु महासङ्घको कार्यालय पुग्नुभएको थियो । स्व गौचनको शव १० देखि १ बजेसम्म महासङ्घको कार्यालय अनामनगर राखिएको थियो ।
अध्यक्ष गौचनको सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट निधन भएको थियो । गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहीद घोषणा गर्नुपर्ने र निर्माण व्यवसायीलाई सुरक्षा दिनुपर्ने लगायतका माग राखी गौचनको शव महासङ्घ र परिवारले यसअघि बुझ्न मानेका थिएनन् ।
बुधबार गृहमन्त्री जनार्दन शर्माले गौचनलाई शहीद घोषणा गर्ने र व्यवसायीको सुरक्षाको व्यवस्था मिलाउने आश्वासन दिनुभएपछि आज गौचनको शवलाई अन्त्येष्टि गर्न लागिएको हो । अहिले अध्यक्ष गौचनको शवयात्रा निकालिएको छ । महासङ्घका एशोसिएट सदस्य शिवहरि घिमिरेका अनुसार अनामनगरबाट पुतलीसडक, दरबारमार्ग, लैनचौर, सोह्रखुट्टे हुँदै बालाजुसम्म शवयात्रा गरिनेछ ।
गौचनको शवलाई बालाजुस्थित थकाली सेवा समाजको कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र उहाँको आजै थकाली परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन