काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयां नेतृत्वका लागि आइसीसी सदस्य जमुना घलेले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
वर्तमान अध्यक्ष शेष घलेकी धर्मपत्नी घलेले बिहीबार दिउसो काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
११ बुंदे प्रतिवद्धतामा उनले गैरआवासीय नेपालीहरुको माग र अपेक्षा पुरा गर्न, गैर आवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न, संघलाई समय सापेक्ष परिवर्तन गर्दै सामूहिक नेतृत्वको अवधारणा अन्तर्गत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न, संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कुटनीतिक स्तरमा अझ पारदर्शीरुपमा विकास गर्न, एनआरएनएले निर्माण गरिरहेका मेघा परियोजनाहरुलाई समयसीमाभित्र सम्पन्न गराउन, संस्थाको मार्गदर्शक दृष्टिकोण ‘भिजन २०-२० एण्ड वियोण्ड’ लाई सफल कार्यान्वयन गर्न आदि कारण आफूले उम्मेदवारी दिएको बताएकी छन् । (तल हेर्नुहोस् प्रेस विज्ञप्तिको पूर्ण पाठ) ।
सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरुको सहयोग, संस्थाले सञ्चालन गरेका परियोजनाहरुमा फिल्डमा काम गर्दा अझै धेरै काम गर्नुपर्ने आवश्यकताको महशुस, यो अभियानमा महिलालाई अझै सहभागी बनाउनुपर्ने आवश्यकताको महशुस र प्राकृतिक विपतहरु जस्तै भूकम्प र नाकाबन्दीका समयमा फिल्डमा खटिएर काम गर्दाको अनुभव र संघर्ष आफ्नो उम्मेदवारीको प्रेरणा श्रोत भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
यसअघि उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टीबी कार्कीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
एनआरएनएको तीन दिने आठौं विश्व सम्मेलन १४ अक्टोबर शनिबारदेखि काठमाडौंमा सुरु हुंदैछ । सम्मेलनले नयां नेतृत्व चयन गर्नेछ । यतिखेर विश्वभरका एनआरएनहरु काठमाण्डौं पुगेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने