
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव काभ्रे पलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थपन तालीमसम्बन्धी समापन कार्यक्रममा बोल्दै । तस्बिर – पेमा लामा, धुलिखेल, रासस
धुलिखेल, काभ्रे, २५ असोज (रासस) – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थापन तालीम समापन समारोहमा उहाँले निर्वाचन हुनुपर्छ भन्ने सन्दर्भमा कतैबाट पनि विचलनको अवस्था नदेखिएकाले निर्वाचनका बारेमा आशंका नगर्न सबैसँग अनुरोध गर्नुभयो ।
स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पूर्ण पालना गर्न- गराउन राजनीतिक दल र सरकारलाई सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि निर्वाचन आयोगले कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभयो ।
निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र प्रहरी प्रशासनलाई सहयोग र समन्वय गरेर काम गर्न सुझाव दिँदै उहाँले निर्वाचनका विषयमा भरसक आयोगबाट आदेश दिन नपर्नेगरी जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।
आयुक्त सुधीरकुमार शाहले विगतका निर्वाचनको जस्तो कमीकमजोरी र त्रुटि दोहोरिन नदिन समन्वय र सहयोगी भावनाले मिलेर काम गर्न निर्देशन दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतकोतर्फबाट जिल्ला न्यायाधीश हेमन्त रावलले नेपालको संविधान र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको निर्वाचनमा कसैसँग सम्झौता, दबाब र प्रभावमा नपरी इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन अधिकृत हरिशंकर ज्ञावलीले निर्वाचनको महायज्ञको जिम्मेवारीलाई हरतरहले सफल तुल्याउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो ।
प्रशिक्षणमा उहाँहरुलाई निर्वाचनमा आउनसक्ने समस्या र समाधानको उपायका बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा निर्वाचनमा खटिने ७७ जिल्लाका जिल्ला न्यायाधीश, जगेडामा राखिएका नौ जना न्यायाधीश र न्याय सेवाका उपसचिवको सहभागिता थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा