काठमाडौँ, २५ असोज (रासस) – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठबन्धन भएको बताउनुभएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग आज भक्तपुरको बालकोटस्थित निवासमा भेटघाट गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भएको वाम तालमेलले विभिन्न शक्ति केन्द्रमा भूकम्प पैदा गरेको बताउँदै देशलाई स्वाधीन र समृद्ध बनाउन विदेशमा रहेका नेपालीको साथ पनि आवश्यक रहेकामा जोड दिनुभयो ।
उहाँले आफ्नो पार्टी हिन्दमहासागर जस्तो भएको दाबी गर्दै भन्नुभयो, ‘सागरमा धमिलो पानी पनि हुन सक्छ, महासागरमा मिसिएपछि त्यो कञ्चन हुन्छ । शाखा नदीको धमिलो र फोहोरलाई महासागरले फिल्टर गरेर सफा बनाउँछ ।’
भेटमा सहभागी एमालेका नेता माधवकुमार नेपालले वाम तालमेलले देशी विदेशी अतालिएको बताउनुभयो । ‘वाम गठबन्धन देशभित्र भएकाको मात्र हो’– नेपालले भन्नुभयो ।
वामपन्थी ध्रुवीकरणबाट अतालिनुपर्ने अवस्था छैन – रक्षामन्त्री प्रधान
धुलिखेल, असोज २५ (रासस) – रक्षामन्त्री भीमसेनदास प्रधानले वामपन्थी ध्रुवीकरणबाट अतालिनुपर्ने अवस्था नरहको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था, संविधान कार्यान्वयन र सञ्चार क्षेत्रको भूमिका’ विषयको अन्तरक्रियामा उहाँले काँग्रेस राणा शासनको विरुद्धमा समेत लड्दै आएको पार्टी भएकाले वामपन्थी एकताले कुनै असर नगर्ने बताउनुभयो ।
रक्षामन्त्री प्रधानले वाम एकता दुई तिहाइ मत ल्याएर सत्ता हातमा लिई साम्यवाद लाद्ने रणनीति भएको उल्लेख गर्नुभयो ।
वाम एकता नाम मात्र भएको र उनीहरु विभिन्न शक्ति तथा विचारबाट सञ्चालित भएको उहाँको आरोप थियो ।
सो अवसरमा सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले बन्दुकको नालबाट सत्ता कब्जा गर्न नसकेपछि निर्वाचनबाट सत्ता कब्जा गर्ने रणनीतिमा वामपन्थीहरु लागेको आरोप लगाउनुभयो ।
प्रेस युनियन अध्यक्ष बद्री सिग्देलले गुट उपगुटमा नलागी एक ढिक्का भएर निर्वाचनमा गए काँग्रेसको जित सुनिश्चित भएको बताउनुभयो । कार्यक्रममा वर्तमान राजनीतिक अवस्थाबारे पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र बबिता बस्नेतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण